आज :

प्रधानमन्त्री ओली राजिनामा नदिने अडानमा, अब के गलार्न प्रचण्ड ?

काठमाडौं । यतिबेला सत्तारुढ नेकपामा आन्तिरिक बिबादले चर्को रुप लिएको बेला प्रधानमन्त्रिको राजिनामा माग हुदै आएको छ । तर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजीनामा मागेको सुन्नमा आएको भन्दै राजीनामा नदिने प्रस्ट्याएका छन् । अहिले नेकपाभित्र चर्को विवाद उठिरहेको बेला ओलीले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन कार्यक्रममा राजिनामा नदिने बताएका हुन् ।

उनले भने ’मैले रिपिटेड्ली भन्या छु। फेरि केहीले खोई त राजीनामा भन्दै मागिरहेका छन् भन्ने सुन्छु है । तयारी गर्दै छन्। यो तयारी अन्तिममा के हुनेछ… केही पनि हुनेवाला छैन।’
उनले प्रश्न गर्दै अगाडि भने, ’मेरो लागि होइन, देशको लागि हो। मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो । त्यसकारण म राजीनामा दिनेवाला छैन।’ उनले आफ्नो रहरले प्रधानमन्त्री नभएको भन्दै जनताको आवश्यकता र समर्थनले भएको दाबी गरे।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको गठबन्धनमा गौतम सहभागी हुँदै आएका छन् । गएको असार १० देखि बसेको स्थायी कमिटी बैठकमा त गौतमले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेका थिए । तर, पछि गौतम आफ्नो अडानबाट पछि हटेका थिए ।

यसैबिच हिजो मात्र (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शितल निवासमा भेट गरेको छन् । नेकपाभित्र विवाद चर्किएका बेला गौतम शितल निवास पुग्नु अर्थपूर्ण मानिएको छ ।

आइतबार उपाध्यक्ष गौतम अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा भएको भेलामा पनि सहभागी भएका थिए । नौ सदस्यीय सचिवालयमा गौतम निर्णायक अवस्थामा छन् । गौतम जता लाग्यो, उतै बहुमत पुुग्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal