आज :

पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको कोरोना संक्रमणबाट निधन

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ । केही दिनदेखि गम्भीर बिरामी परेकी सीताको बुधबार विहान ६ः२५ बजे उपचारको क्रममा निधन भएको हो ।

सीतालाई दशैंमा रोल्पस्थित घर भएको बेला बिरामी थियो । कात्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नभएपछि १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

नर्भिक अस्पतालमा पीसीआर टेष्ट गर्दा उनमा कोरोना पोजेटिभसमेत देखिएको थियो । त्य‍सपछि १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिए पनि स्वास्थ्यमा सुधार हुन सकेको थिएन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal