आज :

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या हजार नाघ्यो, १ लाख ७८ हजार ६१४ जना संक्रमित

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार थप २० जनाको ज्यान गएको जानकारी दिएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४ पुगेको छ ।

त्यसैगरी मंगलबार थप ३ हजार ११४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालका अनुसार ११ हजार १६६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २४७ जना महिला र १ हजार ८६७ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

मंगलबार नयाँ थप भएसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ७८ हजार ६१४ पुगेको छ । आज काठमाडौंं उपत्यकामा संक्रमित संख्यामा कमी आएको छ । मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा मात्र १ हजार ४६८ जना संक्रमित थपिएका छन् । यसमध्ये ६४९ जना महिला र ८१९ जना पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा ३ हजार १४२ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । योसँगै कुल निको हुनेको संख्या १ लाख ४१ हजार १३४ पुगेको छ । मंगलबारसम्म ३७ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् ।

नेपालमा निको हुने दर ७८.६ प्रतिशत रहेको छ । नेपाल पीसीआर परीक्षणमध्ये संक्रमण दर १२.१ प्रतिशत रहेको छ भने पोजेटिभमध्ये मृत्यु दर ०.६ प्रतिशत रहेको छ । हाल ३० हजार ६९४ जना संक्रमित होम आइसोलेसनमा छन् भने ३७२ जना आईसीयू र ६८ जना भेन्टिलेटरमा छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal