आज :

अखिल क्रान्तिकारीका बाँके अध्यक्ष शाही गि’रफ्तार

नेपालगंज । अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष डिबी शाहीलाई प्रहरीले गिर फ्तार गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका बाँके अध्यक्ष शाहीलाई प्रहरीले मंगलबार विहान गि’रफ्तार गरेको हो ।

संगठनको कामको सिलसिलामा बाँकेको कहलपुर पुगेका शाहीलाई प्रहरीले गि रफतार गरेको अखिल क्रान्तिकारीले जनाएको छ । विद्यार्थीको हक हित र शैक्षिक क्षेत्रको सुधारको अभियानमा रहेका शाहीलाई गि’रफ्तार गरेको भन्दै अखिल क्रान्तिकारी भेरी-कर्णाली ब्यूरो संयोजक हर्कबहादुर बिकले आपत्ति जनाएको छ ।

शाहीलाई झुट्टा मुद्दा लगाएर फसाउन खोजेको भन्दै अखिल क्रान्तिकारीले रिहाईको माग समेत गरेको छ । अध्यक्ष शाहीलाई रिहा नगरे जिल्ला व्यापी संघर्षका कार्यक्रम घोषणा गर्ने बिकले चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal