आज :

थप २ हजार ९३३ जनामा कोरोना संक्रमण, २४ जनाको ज्यान गयो

काठमाडौं । नेपालमा थप २ हजार ९३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार देशभर थप २ हजार ९३३ जनामा संक्रमित भएका छन् ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै संक्रमित काठमाडौंमा थपिएका छन् । बितको २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १ हजार ६३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ । जसमध्ये १ लाख ३७ हजार ९९२ निको भएर घर फर्किएका छन् ।

सोमबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार ५२४ रहेको छ ।

त्यसैगरी कोरोनाका कारण सोमबार थप २४ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९८४ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल सबैभन्दा धेरै काठमाडौंमा १० हजार ७९७ जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै, भक्तपुरमा १ हजार ७१९ र ललितपुरमा २ हजार २५७ जना होम आइसोलेशनमा रहेका छन् ।

त्यसैगरी काठमाडौंमा १६ हजार ११८, भक्तपुरमा १ हजार ३३ र ललितपुरमा २ हजार २८८ सक्रिय संक्रमित रहेका छन् । सोमबार मनाङ, मुस्ताङ र बाजुरा गरी तीन जिल्ला कोरोनामुक्त भएका छन् ।

सोमबार मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार संक्रमितमध्ये २१.२ प्रतिशत सक्रिय संक्रमित रहेका हुन् । यस्तै हालसम्म कुल संक्रमितको ०.६ प्रतिशतले ज्यान गुमाउँदा निको हुनेको प्रतिशत ७८.२ रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal