आज :

भारतले नेपालसँग जोडिएका सीमा नाका खुला गर्यो, नेपालमा कोरोना संक्रमण अझै फैलिन सक्ने 

काठमाडौं । भारतले नेपालसँग जोडिएका सीमा नाका खुला गरेको छ । कोरोना महामारीसँगै बन्द रहेका सीमा भारतले एकतर्फी रुपमा खुला गरेको छ । योसँगै भारतबाट कोरोना संक्रमित नेपाल प्रवेश गर्न सक्ने र संक्रमण झनै फैलिने भएको छ ।

सीमा खुला भएसँगै भारतीयहरु नेपाल प्रव‍ेश गर्न प्रयास गर्न थालेका छन् । नेपालको कमजोर सीमा सुरक्षाले भारतीय प्रवेशलाई रोक्ने  चुनौती भएको छ । सीमा बन्द हुँदै त भारतीयहरु नेपाली सुरक्षाकर्मीमाथि आ क्रमण गर्दै नेपाल प्रवेश गर्ने प्रयास गरेका दर्जनौं घटना छन् ।

भारतले  सीमा  खुला गरेसँगै वीरगञ्जलगायत भारतसँग जोडिएका सीमा नाकाबाट भारतीयहरु नेपाल प्रवेश गर्न थालिसकेको स्थानीयले बताएका छन् । उनीहरुलाई रोक्न सुरक्षाकर्मीहरुलाई हैरानी भएको छ । भारतीय गृह मन्त्रालयले औपचारिक रूपमै नाका खुला गरेको छ ।

नेपालले भने नाका खुला नगरेको कारण नेपाली नागरिकले मात्रै ओहोरदोहोर गर्न पाउने भएपनि भारतीयहरु जबरजस्त नेपाल प्रवेश गरिरहेका छन् ।

भारत कोरोना संक्रमणको बढी प्रभावितमा विश्वकै दोस्रो स्थानमा छ । अमेरिका पछि धेरै भारतमा संक्रमित रहेका छन् । दिनदिनै संक्रमणको संख्या पनि दैनिक ४० हजार भन्दा कमी आएको छैन ।

नेपालमा पनि पछिल्ला दिनमा संक्रमित र ज्यान गुमाउनेको संख्यामा कमी आएको छैन । सरकारले सशुल्क बनाएसँगै पीसीआर परीक्षणमा कमी आएको छ ।

यसैबीच सोमबार विहानै चितवनमा मात्रै थप पाँच जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ । चितवन मेडिकल कलेजमा एकैदिन तीनजना र भरतपुर अस्पतालमा दुई जना कोरोना संक्रमितको निधन भएको छ । ज्यान गुमाउनेमा चितवन, धादिङ र एक जना नवलपुरका छन् ।

भरतपुर महानगरपालिका ४ का ६३ वर्षीय पुरुषको निधन भएको छ । श्वासप्रश्वासमा समस्या भई कात्तिक १२ गते भर्ना भएका उनको उपचारको क्रममा गएराति निधन भएको हो । त्यसैगरी कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएका भरतपुर महानगरपालिका ३ का ५३ वर्षीय पुरुषको ज्यान गएको छ ।

यसैगरी नवलपुरको देवचुली नगरपालिका ११ का ८० वर्षीय पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको छ । तीनैजना कोरोना संक्रमितको अस्पतालको कोभिड आईसीयू कक्षमा उपचारको क्रममा निधन भएको छ । भरतपुर अस्पतालमा एक जना धादिङ र एक जना चितवनका गरी दुई जनाको पनि कोरोना संक्रमणबाट ज्यान गएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal