आज :

चाँदनीमा सुक्खाबन्दरगाह निर्माणको औपचारिक सुरु, नारामात्रै दिने होइन अब काम गर्ने होः मन्त्री भट्ट

धनगढी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारले औद्योगिक र आर्थिक क्षेत्र विकास गरेर पूर्व–पश्चिमलाई जोड्न लागिरहेको बताएका छन् ।

कञ्चनपुरको महाकाली नगरपालिका–१ चाँदनीमा  मा स्थापना गरिने सुक्खाबन्दरगाह निर्माणस्थलमा आइतबार आयोजित कार्यक्रममा मन्त्री भट्टले अन्तरदेशीय विशेष आर्थिक क्षेत्रका रुपमा मुलुकका चार क्षेत्रलाई अगाडि सारिएको जानकारी पनि दिए । उनले नीति तथा कार्यक्रमअनुसार सरकार उत्तर र दक्षिणतिर सुक्खाबन्दगाहसित जोडेर चेनको विकास अघि बढाउन लागिरहेको बताए ।

”एउटा उत्तर र दुईवटा दक्षिणतिर सुक्खाबन्दगाहसित जोडेर यसलाई चेनका रुपमा विकास अघि बढाउने भनेका छौँ”, सबै विषय नीति तथा कार्यक्रममा समेटेका छौँ । कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र, अत्तरिया धनगढी औद्योगिक करिडोर, हरैया विशेष आर्थिक क्षेत्र, डुडेझारी औद्योगिक क्षेत्र र पूर्वतिर बाँकेको नौबस्ता औद्योगिक क्षेत्र विकास गर्ने कार्य भइरहेको छ । यसरी सबै क्षेत्रलाई समेटेर औद्योगिक र आर्थिक रुपमा पूर्वदेखि पश्चिम, उत्तरदेखि दक्षिण जोड्न लागिरहेका छौँ ।” मन्त्री भट्टले पहिलेजस्तो नारा दिने र काम नगर्ने भन्दा पनि आफूहरु काम गर्न आएको बताए ।

कार्यक्रममा बोल्दै मन्त्री भट्टले देशलाई औद्योगिकीकरण र उत्पादन र श्रमलाई नजोडेसम्म जस्तोसुकै नारा दिए पनि मुलुक समृद्ध हुन नसक्ने  बताउँदै ‍सुदूरपश्चिम प्रदेशमा मलकारखाना स्थापना गरिने र त्यसका लागि निजी क्षेत्रको पनि लगानी आवश्यक रहने बताए । भारतलगायत खाडी मुलुक रोजगारीका लागि जानुपर्ने बाध्यताको अन्त कसरी गर्ने भन्ने नै अहिलेको मुख्य चुनौती भएको मन्त्री भट्टले बताए ।

मन्त्रालयको प्राविधिकसहितको उच्चस्तरीय टोली लिएर दोधारा चादँनी पुगेका मन्त्री भट्टले महाकाली नगरपालिका–१ मा रहेको मायापुरी र गौरीशङ्कर सामुदायिक वनको झण्डै एक हजार बिघा जग्गा सुक्खाबन्दरगाह स्थापनाका लागि लिइने जानकारी दिए । उनले महाकाली नगरपालिकाकै कञ्जभोज स्थापना गर्ने भनिए पनि नेपाल-भारत दुई पक्षीय सम्बन्ध, प्राविधिक पाटो र कम लगानीमा बढी उपलब्धि हासिल गर्ने भनेर छनोट गरिएको बताए । उनले दोधारालाई पनि विकाससित जोड्ने बताए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य डा. दीपकप्रकाश भट्ट, प्रदेशसभाका प्रदेशसभा सदस्य तारालामा तामाङ, मानबहादुर सुनार, महेशदत्त जोश,लगानी बोर्डका कार्यकारी प्रमुख सुशील भट्ट लगायतको सहभागिता रहेको थियो ।

दोधारा-चाँदनीमा सुक्खाबन्दरगाह निर्माण गर्ने मन्त्री भट्टको महत्वकांक्षी योजना हो, आज यसको औपचारिक रुपमा घोषणा गरिएको छ । यसले सुदूरपश्चिमले विकासमा ठूलो फट्को मार्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal