आज :

कोरोनाका कारण आइतबार थप २३ जनाको ज्यान गयो, २ हजार ८२४ नयाँ संक्रमित थपिए

काठमाडौं । नेपालमा एकै दिन थप २३ जनाको ज्यान गएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप २३ जनाको ज्यान गएको हो । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९६० जना पुगेको छ ।

त्यसैगरी आज थप २ हजार ८२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार नेपालमा ‍कुल संक्रमितको संख्या १ लाख ७३ हजार ६७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३ हजार ६२० जनाले कोरोनामुक्त भएका छन् । कोरोना जितेर घर फर्किनेको संख्या १ लाख ३४ हजार ८४२ पुगेको छ । आइतबार नेपालमा सक्रिय संक्रमित ३७ हजार ७ सय ६५ जना रहेका छन् ।

आज देशभर १३ हजार २३ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज पनि सबैभन्दा धेरै काठमाडौं उपत्यकामा सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६२२ जनामा कोरोना भाइरस संक्रमण भएको छ । जसमा काठमाडौं जिल्लामा १३६२, भक्तपुरमा ९६ र ललतिपुरमा १६४ जना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal