आज :

कालापानी-लिपुलेकबाट भारतीय सेना फिर्ताको माग गर्दै अखिल क्रान्तिकारी सडकमा

काठमाडौं । अनेरास्ववियु (क्रान्तिकारी)ले नेपालीभूमिबाट भारतीय सेना फिर्ता, कोरोना पीडितको निःशूल्क उपचार र भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै सडक संघर्षमा उत्रेको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले दशैभरी विरोधसभा, कोणसभा तथा विरोध र्याली निकालेर कालापानीबाट भारतीय सेना फिर्ताको माग गरेको छ । विद्यार्थी नेताहरुले सरकारले भारतीय सेना फिर्ता पहल नगरेको र उल्टै भारतीय गुप्तचर विभागका प्रमुखसँग गोप्य भेट गरेर राष्ट्रहित विपरित कार्य गरेको आरोप लगाएका छन् ।

त्यसैगरी अखिल क्रान्तिकारी काठमाडौंको आयोजनामा शनिबार एकैदिन दर्जन स्थानमा विरोध तथा कोणसभाको आयोजना गरेर कोरोना पीडितको निः शुल्क उपचार गर्न, कोरोनाका नाममा भइरहेको भ्रष्टाचार र व्यापारीकरणको अन्त्य गर्नुपर्ने र ‍नेपालीभूमिबाट भारतीय सेना फिर्ता गर्नुपर्ने माग गरेको छ ।

संगठनका काठमाडौं अध्यक्ष गोविन्द विष्टले काठमाडौंको पेप्सीकोलामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कोरोना पीडित नागरिकको उपचार नगर्ने सरकारको निर्णय फिर्ता हुनुपर्ने माग समेत गरे । विष्टले नेता, सांसद-मन्त्रीको निः शूल्क उपचार गर्ने तर जनताको उपचारबाट पन्छिने सरकारको निर्णय आपत्तिजनक भएको बताए । उनले कालापानी, लिपुलेक क्षेत्रमा भारतीय सेनाले गस्ती बढ‌‍ाएको थाहा पाउँदा पनि सरकारले चुप लागेर भारतीय हस्क्षेपविरुद्ध झुकेको बताए ।

सरकारका गलत काम र कुटनीतिक मर्यादाविपरित भारतीय गुप्तचर प्रमुखलाई गोप्य रुपमा भेट्न, नेपालको नयाँ सीमासहित पाठ्यसामाग्री वितरणमा रोक लगाउने प्रधानमन्त्रीको निर्देशनविरुद्ध विद्यार्थीहरु फेरि एक भएर सडकमा निस्किनु पर्ने बताए ।

अखिल क्रान्तिकारीको आयोजनामा काठमाडौंको कोटेश्वर, चन्द्रागिरी, टोखा, गोकर्णेश्वर, नागर्जुनलगायतका क्षेत्रमा सरकारविरुद्ध विरोध प्रदर्शन तथा कोणसभा गरेको छ ।

 

 

 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal