आज :

हिमाल डेन्टल हस्पिटलका सबै कर्मचारीको पीसीआर रिपोर्ट नेगेटिभ

  • हिमाल डेन्टल हस्पिटलका सबै कर्मचारीको पीसीआर रिपोर्ट नेगेटिभ

काठमाडौं । हिमाल डेन्टल हस्पिटल एण्ड इस्टिच्युट अफ डेन्टल साइन्सले आफ्ना सबै कर्मचारीहरुको कोरोना भाइरसको परीक्षण गराएको छ । सबै कर्मचारीको स्वाब संकलन गरी गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

हिमाल डेन्टल हस्पिटलले कोरोना कहरबीच पनि सेवा दिँदै आएको छ । अस्पतालमा कार्यरत डाक्टर, नर्स र कर्मचारी कसैलाई पनि कुनै लक्षण देखिएको थिएन तर नियमित डिउटीमा खटिएका कारण सबैको कोरोना भाइरस संक्रमणको परीक्षण गरिएको बताइएको छ ।

अस्पतालका अध्यक्ष राजेन्द्र भट्टले सबै कर्मचारीहरुको पीसीआर  रिपोर्ट नेगेटिभ आएको बताउँदै बधाई समेत दिएका छन् । देशभर शाखा संजाल भएको अस्पतालले शल्यक्रियालगायतका सबै सेवालाई नियमित गर्दै गएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

सबै

काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंकबीच सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरण सेवा वितरण कार्यक्रमको सुदृढीकरणको उपकार्यक्रम २ का लागि सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित एक समारोहका बीच उक्त हस्ताक्षर गरिएको हो । एसियाली विकास बैंकद्वारा उक्त कार्यक्रमका लागि नेपाल सरकारलाई १०० मिलियन अमेरिकी डलर बराबरको नीतिमा आधारित ऋण सहायता उपलब्ध गराईएको छ । प्रस्तुत ऋण सहायताको ग्रेस अवधि ८ वर्ष सहित भुक्तानी अवधि २४ वर्षको हुनेछ । सन् २०३४ फेब्रुअरी १ सम्म ग्रेस अवधि रहेको प्रस्तुत ऋणको ग्रेस अवधिसम्म ब्याजदर १ प्रतिशत हुने र त्यस पश्चात १.५ प्रतिशत ब्याजदर रहनेछ । ऋण सम्झौतामा अर्थ सचिव डा. घनश्याम उपाध्याय र एसियाली विकास बैंकका तर्फबाट नेपाल आवासीय नियोगका निर्देशक आनो कुश्वाले हस्ताक्षर गरेका छन् । समारोहको शुरुवात सह–सचिव डा. धनीराम शर्माको मन्तव्यबाट भएको थियो । हस्ताक्षरपछि निर्देशक आनो कुश्वा तथा अर्थ सचिव डा. घनश्याम उपाध्यायले सम्बोधन गर्दै सहकार्यलाई निरन्तर र थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपालको सार्वजनिक वित्तीय व्यवस्थापनका लागि सार्वजनिक श्रोतहरुको प्रभावकारी उपयोग गर्दै सेवा प्रवाहलाई सुदृढ बनाउने कार्यमा यस कार्यक्रमको योगदान रहनेछ । यसले वित्तीय अनुशासन कायम राख्न, बजेट निर्माण तथा खर्च व्यवस्थापन सुधार गर्न, स्थानीय सरकारलाई थप सबलीकरण गर्न र समग्र विकास परिणामलाई नतिजामुखी बनाउने अपेक्षा गरिएको छ ।

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal