आज :

थप ३ हजार ५१७ जना कोरोना संक्रमित, ४ हजार बढी निको भएर घर फर्किए

काठमाडौं । नेपालमा प छिल्लो २४ घण्टामा थप ३ हजार ५ बढी जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १ सय ५६ पुरुष र १ हजार ३ सय ६१ महिला गरी ३ हजार ५ सय १७ जना संक्रमित भएका छन् ।

आज १४ हजार ९८९ जनाको परीक्षण भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ ।

त्यसैगरी आज ४ हजार भन्दा बढी व्यक्ति निको भएर घर फर्किएका छन् । मन्त्रालयका अनुसार ४ हजार ९६ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख २८ हजार ९५८ रहेको छ ।

कोरोना संक्रमित भन्दा निको हुनेको संख्या बढ्न थालेपछि  सक्रिय संक्रमितको संख्या पनि घटिरहेको छ । शुक्रबारसम्म देशभर ३८ हजार ३ सय ५७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी आज थप १६ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९२० जनाको पुगेको छ ।

मन्त्रालयका अनुसार आज पनि काठमाडौं उपत्यकामा १ हजार ८ सय ८८ जना नयाँ संक्रमित थपिएका छन् । जसअनुसार काठमाडौंमा १ हजार ५ सय ८, ललितपुरमा २ सय ४९ र भक्तपुरमा १ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसपछि आज सबैभन्दा धेरै संक्रमित मोरङमा २ सय ५५ जना भएका छन् । त्यस्तै, सुनसरीमा १३७, चितवनमा १२३, रुपन्देहीमा १२०, कास्कीमा ११२, मकवानपुरमा ८०, काभ्रेमा ७३, दाङमा ५१, बाँकेमा ४१, नुवाकोटमा ३३ जना, नवलपरासी पूर्वमा २९, कैलालीमा २८ जना, दोलखामा २७, तनहुँ २५, सिराहा २४, धादिङ र बर्दियामा १९/१९ जना, पर्सामा १७, सप्तरीमा १६, धनुषा र रौतहटमा १५, कञ्चनपुरमा १४, उदयपुर, गोरखा, स्याङ्जा र दैलेखमा १३/१३ जना, सिन्धुपाल्चोक र पर्वतमा १२/१२ जना, बारामा १०, लमजुङमा ९, महोत्तरी, गुल्मी र नवलपरासीमा ८/८ जना, बाग्लुङ, पाल्पा, सुर्खेतमा ७/७ जना, रामेछाप, कपिलवस्तु र जम्लामा ६/६ जना, धनकुटा, सर्लाही र सिन्धुलीमा ५/५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी डडेल्धुरामा ५ जना, इलाम, खोटाङ, भोजपुर र म्याग्दीमा ४/४ जना, ओखलढुंगा, तेह्रथुम, संखुवासभा, अर्घाखाँची र जाजरकोटमा ३/३ जना, सोलुखुम्बु, कालीकोट र डोटीमा २/२ जना, र पाँचथर, रोल्पा, रुकुम पूर्व, हुम्ला, सल्यान, हुम्ला, दार्चुला र बझाङमा १/१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal