आज :

नेकपाको ब्युरो सदस्य ‘प्रतीक’ सहित २ नेता समातिएः उनिहरु रिहा नगरिए सरकारले ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी

काठमाडौं । बिद्रोही नेकपाको ब्युरो सदस्य सहित दुई नेता समातिएका छन् । ब्युरो सदस्य काशीराम घिमिरे ‘प्रतीक’ र पार्टी सदस्य विज्ञान राईलाई प्रहरीले गिरफ्तार गरेको हो उनिहरुलाई हतियार र बन्दोबस्तीका सामान सहित मोरङ प्रहरीले पक्राउ गरेको छ ।
स्थानीयहरुसँग चन्दा असुल उपर गर्ने कार्य भइरहेको सूचनाका आधारमा मोरङको मिक्लाजुङ गाँउपालिका वडा नं. १ घुर्मिसेस्थित बिजुलीप्रसाद तिम्सिनाको खाली घरमा खानतलासी गर्दा सप्तरी सुरुङ्गा नगरपालिका वडा नं. २ का काशिनाथ घिमिरे र इलाम चुलाचुली वडा नं. ६ का विज्ञान राई पक्राउ परेका हुन् ।

उनीहरुको साथ बाट भरुवा बन्दुक, जिलेटिन ३ केजी, सुतली बम, सकेट बम, इलेक्ट्रिक डेटोनेटर लगायत बन्दोबस्तीका सामानहरु बरामद गरिएको र आवश्यक अनुसंधान र कारवाही सुरु गरिएको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिनुभयो ।

यता नेपाल कम्युनिस्ट पार्टी मेची–कोसी ब्युरोले विज्ञप्ति जारी गरी पार्टी कामको सिलसिलामा रहेका ब्युरो सदस्य काशीराम घिमिरे ‘प्रतीक’ र पार्टी सदस्य विज्ञान राईलाई अपहरण शैलीमा गिरफ्तार गरी जनतालाई समेत आतङ्कित पारेको भन्दै गिरफ्तार व्यक्तिहरूलाई रिहा नगरिए सरकारले ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ ।

यस बिषयमा नेपाल कम्युनिस्ट पार्टी मेची–कोसी ब्युरो ब्युरो झ्न्चार्ज प्रतापले जारी गरेको बिज्ञप्ति भनेको छ – “हाम्रो पार्टीका ब्यूरो सदस्य काशीराम घिमिरे प्रतीक र पार्टी सदस्य विज्ञान राईलाई केपी – वादल नेतृत्वको सामाजिक फासीवादी सरकारको ठाडो आदेशमा २०७७ कात्तिक १२ गते मोरङ जिल्ला मिक्लाजुङ्ग गाउँपालिका वडा नं.१ मा शान्तिपूर्णढगले पार्टी काममा रहेका बेला अपहरण शैलीमा पक्राउ गरिएको र जनताको घरमा भएका लत्ताकपडा तथा खाद्यान्नका सामानसमेत जलाएर नष्ट गराई जनतालाई आतंकित बनाएको घटनाप्रति घोर भर्त्सना गर्दछौं ।

पक्राउ गरिएका हाम्रा जिम्मेवार कार्यकर्तालाई स सम्मान रिहाइको माग गर्दछौं । अन्यथा सामाजिक फासिवादी दलाल सरकार र उसका मतियारहरुले महँगो मूल्य चुकाउनु पर्ने कुरा यसै विज्ञप्ति मार्फत जानकारी गराउदछौं।”

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal