आज :

इन्डियन प्रिमियर लिगः आज कोलकत्ता नाइटराइडर्स र चेन्नई सुपर किंग्स भिड्दै, कस्ले मार्ला बाजि ?

काठमाडौं । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भईरहेको इन्डियन प्रिमियर लिगमा आज नेपाली समय अनुसार राति पौने आठ बजे कोलकत्ता नाइटराइडर्स र चेन्नई सुपर किंग्स भिड्दै छन् ।

हालसम्म यी २ टोलीले २२ खेलमा प्रतिस्पर्धा गर्दा चेन्नईले १३ र कोलकत्ताले ८ खेल आफ्नो पक्षमा परेका छन् भने एक खेल विना नतिजा टुङ्गिएको छ । प्रतिस्पर्धामा पछिल्लो समय चेन्नई कडा रुपमा देखिएको छ ।
तर चेन्नईले ३ खेल आफ्नो पक्षमा पार्दा २ खेल भने गुमाएको छ ।

महेन्द्रसिंह धोनी कप्तान रहेको चेन्नई ब्याटिङमा फाफ डुप्लेसिस तथा बलिङमा साम करन र दीपक चाहरमा निर्भर देखिन्छ । डुप्लेसिसले ४ अर्धशतकसहित ४०१ रन बनाउँदा करनले १३ र चाहरले १२ विकेट हात पारेका छन् ।

प्ले अपको दौडबाट बाहिरी सकेको चेन्नई आजको खेलमा आफ्नो प्रतिष्ठा जोगाउने प्रयासमा हुनेछ । हाल ऊ १२ खेलबाट ४ जित र ८ हारको नतिजा सहित अन्तिम स्थानमा छ ।

कोलकत्तालाई प्ले अपको सम्भावना जिवितै राख्न आजको खेल जित्नै पर्ने दबाब छ । हाल ऊ १२ खेलबाट समान ६ जित र हारको नतिजा सहित ५ औं स्थानमा छ ।

कोलकत्ताको ब्याटिङ शुभमन गिल र कप्तान इयान मोर्गनमा तथा बलिङ वरुण चक्रवर्तीमा निर्भर देखिन्छ । गिलले ३ अर्धशतकसहित ३७८ र मोर्गानले ३३५ रन बनाउँदा वरुणले १३ विकेट हात पारेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal