आज :

भारतीय सेनाध्यक्ष नरवणेलाई नेपालमा कालो झण्डा देखाउँने तयारी

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे यही कात्तिक १९ गते नेपाल आउँदैछन् । नेपालविरुद्ध विभिन्न अभिव्यक्ति दिँदै आका नरवणे ३ दिने भ्रमणको क्रममा नेपाल आउन लागेको नेपाली सेनाले औपचारिक रुपमा जानकारी दिएको छ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् ।

भ्रमणकै क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको जंगी अड्डाले जानकारी दिएको छ । भारतीय स्थल सेनाध्यक्षलाई नेपालले र नेपालको प्रधानसेनापतिलाई भारतले मानार्थ महारथीको सम्मान दिने परम्परा रहेको छ ।

नेपालीभूमि कालापानी-लिम्पियाधुरा र लिपुलेक समेटिएको नयाँ नक्सा जारी गरेपछि नरवणेले नेपालविरुद्ध अभिव्यक्ति दिएका थिए । उनले नेपाल चीनको उक्साहटमा लागेको बताएका थिए । त्यसपछि नरवणेविरुद्ध नेपालमा विरोध भइरहेको थियो । सीमा विवादकै बीचमा नरवणे नेपाल आउन लागेका छन् ।

नेपालविरुद्ध दिएको अभिव्यक्ति फिर्ता नलिँदै भ्रमणमा आउन लागेका नरवणेलाई कालोझण्डा देखाउने तयारी भइरहेको छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चालगायतका संघ संगठनहरुले नरवणेको अभिव्यक्तिको विरोध गर्दै कालोझण्डा देखाउँदने तयारी गरेका छन् । मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले सामाजिक संजालमार्फत सांकेतिक रुपमा नरवणेलाई कालोझण्डा देखाउने बताइसकेका छन् । नेपालले कालोझण्डा खान नरवणे नेपाल आउने लागेको बताइसकेका छन् ।

भारतीय गुप्चार विभागका प्रमुख सामन्तकुमार गोयललाई प्रधानन्त्री केपी शर्मा ओलीले मध्यरात गोप्य रुपमा गरेको भेट विवादमा तानिएको बेला नरवणे नेपाल आउन लागेका छन् । प्रधानमन्त्री ओलीले नरवणेको नेपाल भ्रमण तय हुनासाथ प्रधानमन्त्री रक्षा मन्त्रालय आफ्नो मातहत ल्याइसकेका छन् । ओलीले रक्षामन्त्रीको हैसियतमा नरवणेसँग भेट गर्ने तयारी गरेका छन् । उक्त कुराको औपचारिक रुपमा जानकारी सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले दिइसकेका छन् ।

प्रधानमन्त्री ओलीको कमजोर राजनीति कुटनीतिकै कारण भारतले सैन्य कुटनीति प्रयोग गरेको परराष्ट्र मामिलाका जानकार बताउँछन् । कुटनीतिक मर्यादालाई मिचेर गुप्चरलाई भेट्नु र सेनाध्यक्षलाई भेट्न पार्टीका वरिष्ठ नेता इश्वर पोखरेललाई रक्षामन्त्रीबाट हटाउन ओलीको कुटनीतिक कमजोर रहेको पुष्टि भएको विश्लेषण हुन थालेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal