आज :

बुधबार थप १ हजार ९५४ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ३९ हजारमा झरे

काठमाडौं । नेपालमा थप १ हजार ९५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार २४८ जनाको पीसीआर परीक्षण हुँदा १ हजार ९५४ जनामा संक्रमण पुष्टि भएको छ ।

बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । जसमा काठमाडौंमा ६९६, भक्तपुरमा २९ र ललितपुरमा ११८ गरी सो संख्यामा संक्रमित पुष्टि भएको छ ।

त्यसैगरी बुधबार थप २ हजार ९८१ जनाले कोरोना जितेर घर फर्किएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या घटेको छ । केही दशैं अघि लगातार बढेका थिए भने बधुबार त्यो संख्या घटेको छ । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ रहेको छ।

त्यसैगरी नेपालमा कोरोना जितेर  डिस्चार्ज हुनेको संख्या १ लाख २१ हजार ८२४ पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा ७ हजार ७०९ र होम आइसोलेशनमा ३१ हजार ९३४ रहेका छन् ।

आज नेपालमा कोरोनाका कारण थप ११ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८८७ पुगेको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal