आज :

यूरोपमा कोरोनाको दोस्रो छालः एक हप्तामा ज्यान गुमाउनेको संख्या ४० प्रतिशतले बढे

काठमाडौं । यूरोपमा कोरोना भाइरसको सङ्क्रमणको दोस्रो छाल आएको छ । पछिल्ला विवरणअनुसार कोरोना भाइरस संक्रमणका कारण दैनिक ज्यान गुमाउनेको संख्या एक हप्तामै ४० प्रतिशतले बढेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ ।

डब्ल्यूएचओकी प्रवक्ता डाक्टर मारगेरेट ह्यारिसका अनुसार फ्रान्स, स्पेन, बेलायत, नेदरल्याण्ड र रुसमा सङ्क्रमितको संख्या एक तिहाइले बढेको र ज्यान गुमाउनेको संख्या झण्डै ४० प्रतिशतले बढेको छ । यूरोपमा खतराको घण्टी बज्न लागेकाले सचेत हुन डब्ल्यूएचओले आग्रह गरेको छ । स्वास्थ्य सेवा राम्रा भएका देशमा अस्पतालको क्षमताभन्दा धेरै बिरामी भर्ना भइरहेको ह्यारिसले बताएकी छन् ।

कोरोना नियन्त्रणको लागि यूरोपका विभिन्न देशले लागू गरेका नयाँ प्रतिबन्धले सङ्क्रमितसँगै ज्यान गुमाउनेको संख्या घट्ने विश्वास प्रवक्ता ह्यारिसले व्यक्त गरेकी छन् । त्यसको लागि दुई हप्ता समय लाग्ने उनको भनाइ छ ।

नेपालमा दशैंको कारण परीक्षणमा कमी आउँदा संक्रमितको संख्या पनि घटेको छ । मंगलबार ५ सय ७० जना मात्रै कोरोना संक्रमित थपिएका थिए । दैनिक दश हजारको संख्यामा परीक्षण भइरहेको थियो भने मंगलबार जम्मा २ हजार ७२५ नमुना परीक्षण भएको र ५७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो ।

मंगलबार नेपालमा कुल संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको थियो । उनीहरुमध्ये १ लाख १८ हजार ८४३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार १६८ जना संक्रमणमुक्त भएका हुन् ।

देशभर ४० हजार ६८१ सक्रिय संक्रमित छन् । ३२ हजार ४६४ होम आइसोलेसनमा छन् भने २८१ जनाको आईसीयू र ७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यसैगरी नेपालमा मंगलबार थप १४ जनाको ज्यान गएको छ । यससँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८७६ पुगेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal