आज :

कार्कीलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश 

काठमाडौँ । सामाजिक अभियन्ता एवम् राष्ट्रिय जागरण मञ्चका सचिव नरबहादुर कार्कीलाई लिएर २४ घन्टाभित्र उपस्थित हुन सर्वोच्च अदालतले आइतबार विपक्षीका नाममा आदेश जारी गरेको छ ।

गैरन्यायीक रुपमा कार्कीलाई थुनामा राखेको भन्दै रिहाइको माग गर्दै आइतबार सर्वाेच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश जारी गरेको हो । क्रान्तिकारी पत्रकार संगठन नेपालका उपाध्यक्ष जन्मदेव जैसीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वाेच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले सो आदेश गरेको हो ।

प क्राउ गर्नुको कारण स्पष्ट खुलाई २४ घन्टाभित्र बन्दीसहित लिखित जबाफ लिएर सर्वाेच्च अदालतमा उपस्थित हुन आदेशमा भनिएको छ ।

राष्ट्रिय जागरण मंचका सचिव समेत रहेका कार्कीलाई कात्तिक ६ गते २१ राजनीतिक सङ्गठनद्वारा काठमाडौँमा आयोजित शान्तिपूर्ण कार्यक्रमबाट प्रहरीले गि रफ्तार गरेको थियो । कार्की स्थापित अन्तर्राष्ट्रिय जीवनवादी प्रशिक्षक हुन् ।

शान्तिपूर्ण रूपमा आयोजना गरिएको कार्यक्रमस्थलबाटै गरिएको कार्कीको गिरफ्तारीको घोर भत्र्सना गर्दै अविलम्ब रिहाइको मागसहित विभिन्न राजनीतिक दल, नागरिक समाज, पत्रकार र बुद्धिजीवीहरूले सरकारसँग माग गर्दै आएका छन् । २१ सङ्गठनको कार्यगत एकताका तर्फबाट सीपी गजुरेललगायतले विज्ञप्ति जारी गरी कार्कीको रिहाइको माग गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal