आज :

पत्रकार विद्यार्थी संंगठनले भन्यो- ‘रअ’का प्रमुखसँग प्रधानमन्त्री ओलीको भेट कुटनीतिक ‘कू’

काठमाडौं । पत्रकार विद्यार्थि संगठन, नेपालले भारतीय जासुसी संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री केपी शर्मा ओलीको गोप्य भेटले कुटनीतिक क्षेत्रमाथि ‘कू’ भएको ठहर गरेको छ । कुटनीतिक मर्यादा मिचेर गरिएको उक्त भेटबारे संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संगठनका अध्यक्ष मुक्ति गैरेले आइतबार विज्ञप्ति जारी गरेर उक्त भेटघाटका बिषयमा राज्यका कुनै पनि अंगहरुलाई समेत जानकारी नदिई अति गाेप्य रुपमा भेट गर्नु नेपालको सार्वभौम सत्ता माथि ठाडो हस्तक्षेप र यसलाई प्रसय दिई भेट दिनु सार्वभौम सत्ता विपरीत भएको बताएका छन् । ”सार्वभौम सत्ताको अपहेलना गर्दै परराष्ट्र नीति/कुटनैतिक मर्यादा,सिअाईबि अनुमति र सहकार्य,राष्ट्रिय अनुसन्धान,नेपाल प्रहरी,सशस्त्र प्रहरी बल,नेपाली सेना,रक्षा सचिव र गृह सचिवहरुकाे निगरानी र अनुमति बिना भेटघाट गरिनुलाई हाम्रो संगठन प्रधानमन्त्री केपी शर्मा ओलीले जासुसी कुटनितिक `कु गरेको ठहर गर्दछ” विज्ञप्तिमा उल्लेख छ ।

कोरोना महामारिको समयमा हवाई उडान समेत बन्द रहेको समयमा आकस्मिक रुपमा भारतीय जासुसी संस्था रअ प्रमुख सामन्तकुमार गोयल आफ्नो ९ सदस्यीय टोलि लियर आउनु र प्रधानमन्त्री ओलीसँग मात्रै गोप्य भेट गर्नुले नेपाल सरकारको परराष्ट्र नितिको उल्लंघन भएको ठहर समेत संगठनले गरेको छ ।

त्यसैगरी अध्यक्ष गैरेले नेपालका प्रधानमन्त्रीले र रअ प्रमुखलाई गोप्य रुपमा भेट्नु र विषय पनि गोप्य राखिनु गम्भीर राष्ट्रघात भएको समेत बताउँदै नेपालकाे सार्वभौम सत्ताको मर्यादालाई ध्यानमा राखि अगाडि बढिरहेका प्रगतिशील पत्रकार विद्यार्थीहरुलाई समेत उक्त भेटघाट अति गाेप्य राखिनु सार्वभौम सूचनाकाे मर्यादालाई अपहेलना गरेको महसुस गरेको बताएका छन् ।

वार्तालाई लिएर बेतुकका समाचारहरु प्रशारण गरेको भन्दै अध्यक्ष गैरेले भारतीय मिडिया वारका विरुद्धमा नेपाली मिडिया वार  समेत चलाउन अपिल गरेका छन्। भारतीय च्यानल टिभी Tv9 (भारत बर्ष) र शाश्वत टाईम्स हिन्दु दैनिक मिडियालगायतका सामाचारप्रति आपत्ति जनाएका छन् ।

यस्तो छ विज्ञप्तिः 

मिति २०७७/०७/०५ गते काेराेना कारणले हवाई उडान समेत बन्द रहेको बेलामा समेत भारतीय दुतावासले नेपाली नागरिक उड्डयन मन्त्रालय संग एकाक्सि भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाईसिस विङ (रअ)का प्रमुख सामन्त कुमार गाेयल सहितको ९ सदस्यीय टाेलि कुटनितिक उडान मागि नेपाल आई  प्रधानमन्त्री केपी शर्मा ओलीलाई मात्रै आकस्मिक भेटघाटले हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण गराएको छ । उक्त भेटघाटका बिषयमा राज्यका कुनै पनि अंगहरुलाई समेत जानकारी नदिई अति गाेप्य रुपमा भेट गर्नु नेपालको सार्वभौम सत्तामाथि ठाडो हस्तक्षेप र यसलाई प्रसय दिई भेट दिनु सार्वभौम सत्ता विपरीत भएको ठहर्छ । सार्वभौम सत्ताको अपहेलना गर्दै परराष्ट्र नीति/कुटनैतिक मर्यादा, सिआइबी अनुमति र सहकार्य,राष्ट्रिय अनुसन्धान,नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना,रक्षा सचिव र गृह सचिवहरुकाे निगरानी र अनुमति बिना भेटघाट गरिनुलाई हाम्रो संगठन प्रधानमन्त्री केपी शर्मा ओलीले “जासुसी कुटनितिक `कु´” गरेको ठहर गर्दछ । 

याे घटनाले नेपाल भारतको एक प्रान्त भएको हाेकि भन्ने प्रश्न पनि उब्जाएको छ जसलाई यश भेट लगत्तै भारतीय च्यानल टिभी Tv9 (भारत बर्ष) र शाश्वत टाईम्स हिन्दु दैनिक मिडियाहरुबाट आएका केही आपत्तिजनक समाचार र सम्प्रेषणले पुष्टि गरेको आभास भएको छ । देशको कार्यकारी संचालक प्रधानमन्त्रीबाटै यस्तो हुनु गम्भीर राष्ट्रघात हाे । हामी नेपालकाे सार्वभौम सत्ताको मर्यादालाई ध्यानमा राखि अगाडि बढीरहेका प्रगतिशील पत्रकार विद्यार्थीहरुलाई समेत उक्त भेटघाट अति गाेप्य राखिनु सार्वभौम सुचनाकाे मर्यादालाई अपहेलना गरेको महसुस गरेका छाैं । निकै आपत्तिजनक छ । 

त्यसैले आम पत्रकार विद्यार्थी नेपाली राष्ट्रवादी मिडिया कर्मिहरु,संचार जगत,प्रगतिशील पत्रकार साथीहरूलाई “भारतीय मिडिया वारका विरुद्धमा नेपाली मिडिया वार” समेत चलाउन अपिल गर्दछौं । साथै प्रधानमन्त्रीबाट गरिएको “जासुसी कुटनितिक `कु´” का विरुद्धमा सम्पूर्ण राष्ट्र भक्ति,देशप्रेमि एकजुट भई सार्वभौम स्वाधीन देशको रक्षाकाे निम्ति अगाडि बढ्न समेत अपिल गर्दछौं ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal