आज :

‘रअ’ का प्रमुखसँग भेटको प्रभावः प्रधानमन्त्री ओलीको शुभकामनामा नेपालको नयाँ नक्सा गायब

काठमाडौँ । भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटका प्रभाव देखिन थालेका छन् ।  कुटनीतिक मर्यादा विपरित भएको उक्त भेटवार्ताको चौतर्फी विरोध भइरहेको बेला त्यसको प्रभाव देखिएको हो ।

आज सामाजिक संजाल र केही संचारमाध्यमहरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंको अबसरमा दिएको शुभकामना कार्डलाई लिएर व्यापक विरोध भइरहेको छ । उक्त कार्डमा नेपालको नयाँ नक्सा नभएर पूरानै नक्सा भएको निशान छाप प्रयोग गरिएको छ ।

यसअघि ओली आफैले मन्त्रिपरिषदबाट पारित गरेर राजपत्रमा प्रकाशित गरी नयाँ नक्सासहितको निशान छाप प्रयोगमा ल्याएको थिए । तर आज पूरानै निशान छापको प्रयोग गरेपछि प्रधानमन्त्री ओली कालपानी-लिम्पियाधुरा-लिपुलेक फिर्ता ल्याउने भन्ने कदमबाट पछि हटेको अर्थ लगाइएको छ । रअका प्रमुखले ओलीसँग भेटेपछि पूरानै निशान छाप प्रयोगमा ल्याउन लागिएको हो भन्ने आम चासोको विषय बनेको छ ।

भारतीय गुप्तचर संस्था रअका प्रमुखसँग भेट भएको पर्सिपल्ट शुक्रबार बिहान ९:२३ मा प्रधानमन्त्रीको निजी ट्विटरमार्फत उक्त शुभकामनाबारे प्रश्न उठ्दा समेत प्रधानमन्त्री कार्यालयले केही बताएको छैन । यसले भुलबस भन्दा पनि योजनावद्ध रुपमा पूरानै निशान छाप प्रयोग गरेको हुन् भनाईलाई पुष्टि गरेको छ ।

प्रधानमन्त्रीले नै लिम्पियाधुरा नसमेटिएको नेपालको नक्सा प्रयोग गरेपछि प्रमुख विपक्षी नेपाली कांग्रेसले गम्भीर विमति प्रकट गरेको छ । कांग्रेसले देशको संसदले पारित गरेको नक्सा अब नक्सामै असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारी कि यहाँको नेतृत्वमा विसर्जन भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेको छ।

‘लिम्पियाधुरारहित नेपालको नक्सा प्रयोगलाई सामान्य त्रुटि कसरी मानौँ सम्माननीय प्रधानमन्त्री ज्यू’, प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटरमा लेखेका छन्, ‘गम्भीर विमती दर्ज होस् ।’ उनले अघि लेखेका छन्, ‘देशको संसदले पारित गरेको नक्सा अब नक्सामै असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारी कि यहाँको नेतृत्वमा विसर्जन ? भारतीय गुप्तचर प्रमुखलाई भेटेपछि चौतर्फी विरोध भइरहेको बेला शुभकामना प्रकरण आएको छ ।

यस विषयमा प्रधानमन्त्री कार्यालयले डिजाइन सानो भएकोले नक्सा नदेखिएको बताएको छ । यो सरासर झुटको कुरा हो । नयाँ नक्सासहितको निशान छापलाई त्यो भन्दा सानो बनाउँदा समेत प्रष्ट देखिन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal