आज :

‘रअ’ का प्रमुख गोयललाई प्रधानमन्त्री ओलीले बोलाएको दाबी ! के सन्देश लिएर फर्किए ?

काठमाडौँ । भारतीय गुप्चर संस्था रिसर्च एन्ड एनलाइसिस विङ ‘रअ’का प्रमुख सामन्तकुमार गोयल काठमाडौँमा भेटघाट सकेर फर्किएका छन् । बुधबार दिउँसो एयरफोर्सको विशेष विमानबाट त्रिभुवन विमानस्थल ओर्लिएका थिए गोयल । उनले बुधबार साँझ नै प्रधानमन्त्री तथा सत्तारुढ (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए ।

गोयलसँगै काठमाडौँ आइपुगेका अन्य गुप्तचर अधिकारीहरु पनि भेट सहभागी भएका छन् । गोयलले बुधबार साँझ र विहीबार विहान केही राजनीतिक पार्टीका नेता र पूर्व सुरक्षा अधिकारीसँग भेट गरेका छन् ।

भेटघाटको सूचीमा (नेकपा)का कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालको नाम सार्वजनिक भएको छ । भारतीय संचामाध्यमहरुले पनि गोयलको मिसन राजनीतिक भएको समाचारमा उल्लेख गरेका छन् । विहीबार विहान प्रचण्ड सचिवालयले गोयलसँग नभेटको बताएको छ भने नेपालले केही बताएका छैनन् ।

गोयलको नेपाल भ्रमणलाई भारतीय संचार माध्यमहरुले पनि प्राथमिकता साथ समाचार सामाग्री बनाएका छन् । भारतीय संचारमाध्यम उच्च भारतीय स्रोतलाई उल्लेख गर्दै गोयलले ओली र प्रचण्डलाई भेटेर पार्टीको द्वन्द्वको अवस्था बुझेर फर्किने बताएको छ । उसले पार्टीभित्रको आन्तरिक अवस्थाको सम्भावित नतिजाको मूल्यांकन गर्ने समाचारको उल्लेख छ ।

यही महिना भारतीय सेना प्रमुख एमएम नरवाणे नेपाल आउने कुरा घोषणा भइसकेको छ । त्यसबारे पनि गोयलले नेपालको अवस्थाबारे बुझ्ने बताइएको छ। कालिापानी, लिपुलेक विवादबारे एमएम नरवाणेले नेपाललाई चीनले उचालेको भन्दै उक्त भूमि भारतकै भएको बताएका थिए । त्यसपछि उनको नेपालमा चर्को विरोध भएको थियो ।

नेपाल भ्रमणको बेला सम्भावित विरोधको अवस्था र व्यवस्थापनबारे पनि सरकारसँग बुझ्न गोयलको नेपाल मिसनमा पर्छ । स्रोतका अनुसार गोयललाई प्रधानमन्त्री ओलीले आफै बोलाएको बताएका हुन् । भारतसँग बिग्रेको भनिएको सम्बन्ध सुधारको लागि केही समयदेखि ओलीले विभिन्न सूत्रमार्फत कुरा चलाइरहेका थिए । भारतीय पक्षसँग भएको छलफलकै आधारमा नयाँ नक्सासहितका पाठ्या सामाग्री बितरणमा ओलीले रोक लगाएको स्रोतको दाबी छ ।

दुई देशबीच विवाद राजनीतिक रुपमा समाधान गर्नुको साटो गुप्तचरसँग वार्ता गरेको भन्दै प्रधानमन्त्री ओलीको कुटनीतिक र राजनीतिक क्षेत्रबाट चर्को विरोध भइरहेको छ । त्यो सामाजिक संजालमा पनि पोखिएको छ । सामाजिक संजाल प्रयोगकर्ताहरुले ओलीको नक्कली राष्ट्रवाद छर्लङ भएको दाबी समेत गरेका छन् ।

त्यसैगरी भारतीय संचारमाध्यमको समाचारले पनि सत्तारुढ (नेकपा)का नेताहरुलाई झस्काएको छ । समाचारमा भनिएअनुसार नै (नेकपा) भित्रको विवाद बुझ्ने र सम्भावित परिणामको मूल्यांकन गर्न गोयल नेपाल आएकोमा नेताहरुलाई पनि शंका लागेको छ । (नेकपा)का नेताहरुले पार्टीको विवादमा भारतलाई प्रवेश गराउन ओलीले प्रयास गरेको बताउन थालेका छन् ।

गोयलको काठमाडौँको छोटो बसाईले दिर्घकालिन प्रभाव पारेको छ । सरकारको कमजोर राजनीतिक र कुटनीतिक सम्बन्धलाई देखाईदिएको छ । प्रधानमन्त्री ओलीले राजनीतिक विवादको समाधान राजनीतिक रुपमा नभएर गुप्तचरमार्फत गराउन खोज्नु नेपालमा नकारात्मक असर बाँकी रहनेछ । गोयलले सत्तारुढ (नेकपा) भित्रको विवादवारे जानकारी लिएका छन् । अब ओली र प्रचण्डसँग कस्तो सम्बन्ध बनाउने भन्ने कुराको जानकारी लिएर गएको बताइएको छ । त्यसैगरी प्रधानमन्त्री ओली भारतसँग मिलेर काम चाहेको सन्देश पनि लिएर गोयल स्वदेश फर्किएको स्रोतहरुको दाबी छ । यसको प्रभाव विस्तारै देखिने जागनकारहरु बताउँछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal