आज :

उपत्यकामा कोरोनाको अत्याधिक संक्रमित बढ्न थालेः एकैदिन थप ३१०७ संक्रमित

काठमाडौं । पछिल्लो समय उपत्यकामा अत्याधिक संक्रमित बढ्न थालेको छन् । आज एकैदिन उपत्यकामा ३ हजार बढि जना संक्रमित भएको छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेश बिफिङमा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार १०७ जना कोरोना भाइरस का संक्रमित थपिएका छन् ।

ति मध्ये काठमाडौंमा २३९१ , ललितपुरमा १७३ र भक्तपुरमा ५४३ गरी ३ हजार १०७ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार बढि संक्रमित थपिएको छन् । आज देशभर थप ५ हजार ७ सय ४३ जना संक्रमित थपिएको जानकारी गराएको हो ।

यो सहित हाल सम्म नेपालमा संक्रमित हुने एक लाख ४४ हजार ६७२ पुगेको छ ।
आज २६ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेश बिफिङमा देशभर आजको सहित हाल सम्म आजको सहित ७९१ जनाको ज्यान गएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर प्रवक्ता गौतमका अनुसार आज २९ सय ९६ जना निको भएर घर गएको छन् । यो सहित हाल सम्म निको हुनेको सँख्या ९९ हजार ६ जना रहेको छन् ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ४४ हजार ४७४ जना पुगेको छ । हाल सम्म करेन्टाइन्मा ४ हजार ६५ जना रहेको छन् । हाल सम्म नेपालमा १३ लाख ३४ हजार ८९७ जनाको पिशियार परिक्षण गरिएको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal