News Portal

मंगलबार थप ३ हजार ९३ जनामा संक्रमण पुष्टि, कुल ज्यान गुमाउने ७६५ पुगे

डबली संवाददाता२०७७ कार्तिक ४ गते
८९ पटक

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ३० सय बढि संक्रमित थपिएको छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेश बिफिङमा देशभर थप ३ हजार ९३ जना संक्रमित थपिएको जानकारी गराएको हो । यो सहित हाल सम्म नेपालमा संक्रमित हुने एक लाख ३९ हजार १२९ पुगेको छ ।

आज ८ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेश बिफिङमा देशभर हाल सम्म आजको सहित ७६५ जनाको ज्यान गएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर प्रवक्ता गौतमका अनुसार आज २१ सय ०८ जना निको भएर घर गएको छन् । यो सहित हाल सम्म निको हुनेको सँख्या ९६ हजार ६०९ जना रहेको छन् ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ४१ हजार ७५५ पुगेको छ । हाल सम्म करेन्टाइन्मा ४ हजार २२० जना रहेको छन् ।
मन्त्रालयका अनुसार ४१ हजार ७७५ जनाको आईसोलेसन्मा उपचार भइृरहेको छ । हाल सम्म नेपालमा १३ लाख १४ हजार ७७९ जनाको पिशियार परिक्षण गरिएको छ ।

प्रतिकृया दिनुहोस्