आज :

अछामको तुर्माखाँद गाउँपालिकाका अध्यक्ष शर्मा नेकपाको जनअदालतमा, कोरोनाका नाममा भएको खर्चबारे जवाफ दिए

धनगढी । अछामको तुर्माखाद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्मा नेकपाको जनअदालतमा उपस्थित भएका छन् । कोरोनाको नाममा व्यापक अनियमितता भएको भन्ने गुनासो आएपछि नेकपा अछामले शर्मालाई उपस्थित हुन भनेको थियो ।

नेकपा अछामले शुक्रबार गाउँपालिका अध्यक्ष शर्मासँग काेराेना महामारी राेकथामको लागि भएकाे खर्चसँगै अन्य विकास निर्माणमा अनियमितताबारे सोधपुछ गरेको थियो । शर्माले खर्चको विस्तृत विवरण नेकपालाई बुझाउने बताएका थिए ।

सम्पर्कमा आएर आफ्ना कुरा राखेपछि अध्यक्ष शर्मलाई छोडिएको नेकपा अछामले बताएको छ । शर्मलाई एक हप्ताभित्र गाउँपालिकामा भएको खर्चको हिसाब किताब दिन समेत नेकपाले भनेको छ ।

कोरोना नियन्त्रणको लागि अछाममा ११ करोड २ लाख ७३३ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक भएको थियो । त्यसमध्ये तुर्माखाँदमा गाउँपालिकामा मात्र १ कराेड ६ लाख ६२ हजार दुई सय १६ रुपैयाँ खर्च भएको असाेजमा सार्वजनिक गरिएको थियो । सोही विषयमा व्यापक जनगुनासो आएपछि गाउपालिका अध्यक्ष शर्मालाई जनअदालतमा हाजिर गराई सोधपुछ गरेको जिल्ला जनपरिषद् प्रमुख सौगातले बताए ।

सबै तहको अध्यायन र अनुगमन गरिरहेको र यदी अनियमितता गरेको भेटिएमा जनकारवाही गर्ने प्रमुख सौगातले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal