आज :

नेकपाका केन्द्रीय सल्लाहकार मल्लाको निधन, विप्लवद्वारा दुःख व्यक्त

धनगढी । नेपाल कम्युनिस्ट पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार धनबहादुर म‍ल्ल ‘निडर’को निधन भएको छ । बझाङको केदारस्यु गाउँपालिका -४ सैन्सु स्थायी घर भएका निडरको विहीबार निधन भएको हो । केही समयदेखि मिर्गाैला रोगबाट पीडित मल्ला उपचारको क्रममै ६७ वर्षको उमेरमा भएको निधन भएको छ ।

सुदूरपश्चिमको कम्युनिस्ट आन्दोलनका अगुवा समेत रहेका निडरले नेकपाको सेती महाकाली स्वायत्त जनपरिषद प्रमुख, केन्द्रीय सदस्य समेत जिम्मेवारी पूरा गरिसकेका थिए ।

निडरको निधनप्रति दुःख व्यक्त गर्दै नेकपाका महासचिव विप्लवले विहीबारै एक शोक वक्तव्य जारी गरेर श्रद्धाञ्जली दिँदै परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

“जनयुद्धको क्रममा बझाङलगायत पश्चिम क्षेत्रमा वर्गसंघर्षको विकासमा महत्वपूर्ण भूमिका पूरा गर्दै एकीकृत जनक्रान्तिमा निरन्तर साथ दिनुहुने कमरेड मल्लप्रति हाम्रो पार्टी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै शोकसन्तप्त सम्पूर्ण परिवारजनप्रति पहिो समवेदना प्रकट गर्दछ” विप्लवद्वारा जारी शोक व्यक्तव्यमा भनिएको छ ।

नेकपाको सेती महाकाली ब्यूरो कार्यालय सचिव छविलालले विज्ञप्ति जारी गरेर मल्लको निधनले पार्टी र कम्युनिस्ट आन्दोलनको क्षति पुगेको बताए ।

”कमरेड धनबहादुर मल्लले कम्युनिस्ट आन्दोलनमा बाचेको आदर्श र नैतिकताको जीवनका साथै उहाँले देखाएको ईमान्दारिता, त्याग, समर्पण र निष्ठाले हाम्रो अधुरो क्रान्ति पूरा गर्ने एकीकृत जनक्रान्तिको यात्रामा थप हौसला प्रदान गर्ने छ र हामी त्यही कम्युनिस्ट आदर्श र नैतिकताको बाटोमा अगाडी बढने प्रतिबद्धता व्यक्त गर्दछौं” कार्यालय सचिव छविलालको विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी नेकपा अछामका इन्चार्ज नविनले विज्ञप्ति निकालेर जिल्ला सेक्रेटरी भरत मल्लका बुबा समेत रहेका निरडको निधनप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal