आज :

कालिकोटमा कोरोनाबाट एकजनाको पनि ज्यान जान नदिने गरी लागेका छौंः प्रमुख शाही

सुर्खेत । कालिकोट जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीले स्थानीय सरकारले समयमै सचेतता अपनाएका कारण अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट कसैको पनि ज्यान नगएको बताएका छन् । शाहीले कोरोना महामारीसँगै स्थानीय तहले क्वारेन्टिन, आइसोलेसनलगायत उपचारमा राम्रो प्रबन्ध गरेका कारण कालिकोटमा कोरोनामा फैलिन नपाएको बताए ।

अनलाइन डबलीसँग कुरा गर्दै प्रमुख शाहीले विदेशबाट आएकाहरुलाई सुर्खेतबाट सुरक्षित गाउँमा पुगेका कारण कोरोना समुदायमा पुग्न नपाएको बताए । गाउँमा पुग्दा पनि क्वारेन्टिनको राम्रो व्यवस्था गरिएको बताए । “महामरीसँगै विदेशबाट गाउँ फर्केकाहरुलाई अलगै राख्ने व्यवस्था गर्यौ । सबै पालिकाहरुलाई आवश्यक पर्ने क्वारेन्टि र आइसोलेसनको तयारी गर्न भनिएको थियो । त्यहीअनुसार सबै पालिकाका जनप्रतिनिधिहरु खटिनुभयो । २०–२१ दिनसम्म क्वारेन्टिमा अनिवार्य राखियो” प्रमुख शाहीले भने । उनले जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले आ–आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक पुरा गरेकोले कोरोना समुदायमा पुग्न नपाएको बताए ।

विदेशबाट जिल्ला फर्केको संख्या २७ सय वरीपरी हुने अनुमान गरिएको र त्यहीअनुसार क्वारेन्टिको व्यवस्था गरिएपनि त्यो संख्या बढ्न थालेपछि सुरुका दिनाम केही समस्या आएको प्रमुख शाहीले भने, “हाम्रो अनुमान भन्दा विदेशबाट भित्रिनेको संख्या बढेपछि पालिकाहरुलाई सुरुमा केही गारो भयो तर क्वारेन्टिनलगायत आवश्यक सबै तयारी थप गरेपछि सहज हुँदै गयो । र पछि त्यो संख्या बिस्तारै घट्दै गएपछि झन् सहज भयो ।” कालिकोटमा केही दिनपहिला सम्म ४२ सय भन्दा बढी जिल्लामा भित्रिएको प्रमुख शाहीले बताए ।

जिल्लामा कोरोना संक्रमण बढ्दै जान थालेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आवश्यक सबै तयारी गर्न र कसैको पनि ज्यान जान नदिने गरी लाग्न निर्देशन दिएअनुसार नै काम गरेकोले शाहीले बताए । जिल्ला अस्पताललाई कोभिड–१९ अस्पतालमा परिणत गरी उपचारको व्यवस्था गरिएको र कोरोनामुक्त भएर घर फर्किरहेको उनले बताए । जुम्लाको सीमानाबाट समुदायमा कोरोना पुगेपनि त्यो नियन्त्रणमा आएको शाहीले बताए ।

जिल्ला कोरोना अस्पतालको सूचना अधिकारी पदम महतका अनुसार कालिकोटमा कुल संक्रमित १४५ मध्ये ११९ जना मुक्त भएर घर फर्किसकेका छन् । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले बुधबार साँझ दिएको जानकारीअनुसार कालिकोटमा विहीबार थप ४ जना संक्रमित थपिएसँगै २६ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये जिल्लास्थित कोरोना अस्पताल, होटल र होम आइसोलेसनमा रहेको जानकारी दिएको छ । कालिकोटमा अहिलेसम्म कसैको पनि ज्यान नगएको र सबैको अवस्थामा सामान्य रहेको महतले जानकारी दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal