आज :

आज काठमाडौंमा २१ पार्टीको विरोध प्रदर्शन

काठमाडौं । विभिन्न २१ राजनीतिक पार्टीले आज दिउँसो विरोध प्रदर्शन गर्ने भएका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित २१ पार्टीले दिउँसो १ बजे काठमाडौंंको माइतीघरमा विरोध प्रदर्शन गर्न लागेका हुन् ।

एम.सी.सी.को खारेजी, नेपालको वास्तविक नक्साअनुसारको भूभाग हासिल गर्ने र भारतद्वारा गरिएका नयाँ अतिक्रमणको विरोध, कोभिड–१९मा सरकारबाट भएका भ्रष्टाचार, गैरजिम्मेवारीपन, निःशुल्क उपचारको व्यवस्था, भोकमरीबाट पीडित जनताका लागि खाद्यान्नलगायतका न्यूनतम आवश्यकताको परिपूर्ति, अविलम्ब रोजगारीको व्यवस्था, बलात्कार र हत्याजस्ता अपराधको नियन्त्रण र अपराधीमाथि कारवाहीको माग गर्दै विरोध प्रदर्शन गर्न लागिएको आयोजग पार्टीका नेताहरुले बताएका छन् । त्यसैगरी नेकपामाथिको प्रतिबन्ध हटाउनु पर्ने पनि २१ पार्टीको माग रहेको छ ।

यसअघि २१ राजनीतिक संगठनहरुको तर्फबाट देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले असोज २५ गते एक सार्वजनिक वक्तव्य जारी गर्दै विरोध कार्यक्रम गर्ने घोषणा गरेका थिए ।

वक्तव्यमा के.पी. ओली नेतृत्व सरकारको पालामा भएका तमाम प्रकारका राष्ट्रघात, जनघातबाट आक्रोशित नेपाली जनता परिवर्तनको पक्षमा लामबद्ध हुँदै गएको पाइएको ठहर गरिएको थियो । यसका निमित्त फेरि अर्को जनआन्दोलनको आवश्यकता पनि सर्वत्र महशुस भइरहेको निष्कर्ष निकाल्दै केन्द्रमा भएको समझदारी र स्थानीय समस्याहरुलाई समावेश गरी कार्यगत एकताको आह्वानमा स्थानीय स्तरमा पनि सङ्घर्ष अघि बढाउने ठेगान गरिएको जनाइएको थियो ।

राष्ट्रियता, जनतन्त्र र जनजीविका लगायत विषयमा कार्यगत एकता गर्दै आएका पार्टी तथा संगठनहरुमा १. नेकपा (मसाल) २. नेकपा (क्रान्तिकारी माओवादी), ३. नेकपा (माले), ४. राष्ट्रिय जनमोर्चा, नेपाल, ५. देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ६. नेपाल कम्युनिस्ट पार्टी, ७. नेकपा (माओवादी केन्द्र), ८. राष्ट्रिय जागरण मञ्च, ९. जनसमाजवादी पार्टी, १०. नेकपा (संयुक्त), ११. राष्ट्रिय जागरण परिषद्, नेपाल १२. वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, १३. नेकपा (बोल्शेविक), १४. राष्ट्रवादी केन्द्र, नेपाल, १५. एम.सी.सी. खारेज अभियान, १६. पुष्पलाल अध्ययन समाज, १७. सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), १८. मार्क्सवादी एकता अभियान, १९. नेकपा (माक्र्सवादी), २०. नेकपा माक्र्सवादी (पुष्पलाल) र २१. ने.क.पा. (माओवादी) रहेका छन् । यसमा अन्य साना संघ संगठन पनि थपिरहेका छन् ।

  • फाइल फोटो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal