ffhjकाठमाडौँ । भारतचिन सिमा बिबादमा अमेरिकाले धारण सार्वजनिक गरेको छ । टाइम्स अफ इन्डियामा प्रकाशित खबर अनुसार अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ ब्रायनले वार्ता, सहमति गरेर चिनियाँ कम्युनिष्ट पार्टीको सरकारलाई उसको बाटोबाट मोड्न बाध्य गराउन नसकिने धारणा व्यक्ति गरेको हुन् ।
ब्रायनको दाबी गदै भनेको छन् “चीन–भारत सीमा क्षेत्रमा चीन धेरै आक्रामक रुपमा प्रस्तुत भएको छ । चीनको आक्रामक कदमलाई अगाडीबाट सोही तरिकाले जवाफ दिनुपर्ने धारण सार्वजनिक गरेको छन् । उनले चीनले शक्ति प्रयोग गरेर सीमा क्षेत्रमा आफ्नो प्रभुत्व जमाउन प्रयत्न गरेको उनको आरोप छ ।
यो भनाईलाई धेरैल ती भारत चीनसँग रक्षात्मक नभएर आक्रामक विदेश नीतिका साथ प्रस्तुत होस् भन्ने चाहना अमेरिकाको रहेको बताएको छन् ।
यसको मतलव भारत चीनसँग वार्ता सहमति गरेर अघि बढ्नुको सट्टा सीमामा कडा रुपमा प्रस्तुत हुनुपर्ने तर्फ ती अमेरिकी अधिकारीले संकेत गरेका छन् ।
सोमबार भारत–चीन सीमा क्षेत्र लद्दाखमा भारत र चिनियाँ सेनाका कमान्डरबीच वार्ता हुने कार्यक्रम तय भएको छ । यसैबिचमा यस्तो अभिब्यक्ती आएको हो । यही अक्टोबर २६ र २७ मा नयाँ दिल्लीमा भारत र अमेरिकाका विदेशमन्त्री र रक्षामन्त्री बीच बैठक हुँदैछ ।