News Portal

कुल संक्रमित १ लाख ६७६  पुगे, संक्रमित हिडडुल गरे जेल हुने

डबली संवाददाता
१२८ पटक

काठमाण्डौं । नेपालमा आज थप २ हजार ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आजको सहित हाल सम्म नेपालमा कूल संक्रमितको सङ्ख्या १ लाख ६७६ पुगेको बताएको छन् ।

त्यसैगरी आज १ हजार ६८० कोरोना संक्रमण मुक्त भएको छन् । आजको सहित हाल सम्म संक्रमण मुक्त हुनेको संख्या ७३ हजार २३ पुगेको छ ।

हाल देशभर २७ हजार ५३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

हाल ४ हजार ७०३ जना संक्रमित क्वारेन्टिनमा रहेका छन् । आज १३ हजार २७९ जनाको पिसिआर परीक्षण भएको थियो ।

आजको नियमित प्रेश बिफिङमा मन्त्रालयका प्रवक्ता डा.गौतमले कोरोना पोजेटिभ भएका व्यक्तिहरु बाहिर हिँडडुल गरेको पाइए ६ महिनासम्म जेल सजाय हुने चेतावनी दिएको छ ।

उनले यस्को अनुगमन गर्न परिवार र छिमेकीलाई अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस्