आज :

काठमाडौंमा कोरोना संक्रमणः डर लाग्दो गरि एकैदिन २५ सय जना बढिमा संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा हालसम्मकै धेरै २५ सय ४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज २ हजार ८५ जना, भक्तपुरमा ३२० र ललितपुरमा १३५ जना रहेका छन् । पछिल्लो समय उपत्यकामा निषेधाज्ञा खुकुलो बनाइएसँगै संक्रमित पनि बढ्दै गएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ४३ सय ६४ जना संक्रमण पुष्टि भएको छ । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टाको सहित नेपालमा हाल सम्म ९८ हजार ६१७ जना संक्रमण पुष्टि भएको छ ।

स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आज थप २६ सय ७५ जना संक्रमण मुक्ता भएर घर फकिएको छन् । यो सहित हाल सम्म संक्रमणबाट मुक्त हुनेको संख्या ७१ हजार ३४३ रहेको छ । पछिल्लो २४ घण्टामा थप १२ जनाको ज्यान गएको छ । यो सहित हाल सम्म ज्यान गुमाउनेको संख्या ५९० पुगेको छ ।

हाल आईसोलेसनमा हुनेको संख्या २६ हजार ६८४ रहेको छ । ४ हजार ४६० जना करेन्टाईनमा रहेको छन् । हाल संक्रिय संक्रमित २६ हजार ६८४ जना रहेको छन् । हाल सम्म ११ लाख ३१ हजार ९५८ जनाको पिशियार परिक्षण भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्या«कले देखाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal