आज :

एकैदिन हालसम्मकै धेरै थप ४३६४ जनामा संक्रमण पुष्टि, २५७५ संक्रमण मुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप४३ सय ६४ जना संक्रमण पुष्टि भएको छ । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टाको सहित नेपालमा हाल सम्म ९८ हजार ६१७ जना संक्रमण पुष्टि भएको छ ।
स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आज थप २६ सय ७५ जना संक्रमण मुक्ता भएर घर फकिएको छन् । यो सहित हाल सम्म संक्रमणबाट मुक्त हुनेको संख्या ७१ हजार ३४३ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १२ जनाको ज्यान गएको छ । यो सहित हाल सम्म ज्यान गुमाउनेको संख्या ५९० पुगेको छ । आज ज्यान गुमाउने धनुषामा १ एकजना कोरोना संक्रमित छन् । ७० बषर््िाय शहीदनगर नगरपालिका १ का ७० वर्षीय पुरुष हुन् ।

त्यस्तै रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत १ जना कोरोना संक्रमितका ज्यान गएको थियो । उनि बुटवल उपमहानगरपालिका वडा नं. ६ का ४७ वर्षीय पुरुषको बुधबार साँझ उनको ज्यान गएको छ ।

त्यस्तै रुपन्देहीमा नै बुधबार साँझ नै सिद्धार्थनगर नगरपालिका वडा नं. ५ का सदस्य ४७ वर्षीय सवोध तुलाचनको कोरोना संक्रमणबाट ज्यान गएको हो ।
त्यस्तैगरी मोरङको बिराटनगर र सुनसरीको धरानमा १–१ जना कोरोना संक्रमणबाट ज्यान गएको छ । घरमै बसिरहेका बिराटनगर महानगरपालिका–५ का ८२ वर्षीय वृद्धको बिहीबार बिहान ६ः३० बजेतिर ज्यान गएको हो । यसैगरी सुनसरीको धरान–१० घर भएका ३९ वर्षीय पुरुषको बिहीबार बिहान ज्यान गएको हो । यि लगायत देशका बिभिन्न अस्पतालबाट अन्य ६ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

हाल आईसोलेसनमा हुनेको संख्या २६ हजार ६८४ रहेको छ । ४ हजार ४६० जना करेन्टाईनमा रहेको छन् । हाल संक्रिय संक्रमित २६ हजार ६८४ जना रहेको छन् । हाल सम्म ११ लाख ३१ हजार ९५८ जनाको पिशियार परिक्षण भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकले देखाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal