News Portal

  • राति ३ बजे नेकपाका हुम्ला सेक्रेटरी बुढा गि’रफ्तार

    डबली संवाददाता२०७७ असोज २२ गते
    ६६९ पटक

    हुम्ला । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका हुम्ला जिल्ला सेक्रेटरी कुम्भ बुढालाई प्रहरीले गिर फ्तार गरेको छ । बुधबार राति ३ बजे ताँजाकोट गाउँपालिका वडानम्बर ५ को डुङ्गुरीबाट प्रहरीले गि रफ्तार गरेको नेकपा हुम्लाले जनाएको छ ।

    घरमा सुतिरहेका बुढालाई अमानवीय रुपमा मध्यरात गिर फ्तार गरेको भन्दै नेकपा हुम्लाले आपत्ति जनाएको छ । बुढाका भाई मिलनका अनुसार प्रहरीले राति घर घेरा हालेर स्थानीयलाई आतंकित पार्दै प्रहरीले अमानवीय रुपमा गिर फ्तार गरेको बताए ।

    कोरोना भाइरस संक्रमण महामारीसँगै पार्टीका कार्यक्रम स्थगित गरेर घरमै बसिरहेका बेला गिर फ्तार गरिनु सरकारले अशान्ति निम्त्याउन चाहेको नेकपाले जनाएको छ । बुढाको तत्काल रिहा गर्न समेत नेकपा हुम्लाले माग गरेको छ ।

    प्रतिकृया दिनुहोस्