आज :

कोरोना संक्रमण अहिले सम्मकै बढि : ३४ सय ३९ जनामा पुष्टि, पुनः लकडाउनबारे के भयो ?

काठमाण्डौं । नेपालमा आज एकैदिन अहिले सम्मकै बढि संक्रमण पुष्टि भएको छ। आज पछिल्लो २४ घण्टामा थप ३ हजार ४३९ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा पछिल्लो घण्टाको संंक्रमणसहित हालसम्म ९४ हजार २५३ संक्रमितको संख्या पुगेको जनाएको छन्।

त्यस्तैगरी पछिल्लो २४ घण्टामा कोरोनाबाट थप  १५ जनाको निधन भएको छ । आजको सहित  नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ५७८ पुगेको छ।

आज ज्यान गुमाउनेको  ५ महिला र १० पुरुष रहेका छन्।  त्यनिहरू सिराहाकी ५० वर्षीया, रौतहटकी ७२ वर्षीया, काठमाडौँका ६६ र ७२ वर्षीया तथा दाङका ७१ वर्षीया महिला रहेका छन्।

त्यस्तै, कोराना सङ्क्रमण भई ज्यान गुमाउने पुरुषहरूमा मोरङका ४० र ६० वर्षीय, काठमाडौँका ४५, ५३, ६४ र ६९ वर्षीय, ललितपुरका ४६ वर्षीय, चितवनका ६१ वर्षीय, रुपन्देहीका ५५ वर्षीय र नवलपरासीका ७६ वर्षीय रहेको मन्त्रालयले जानकारी दिएको छ।

त्यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६८४ कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२९६ , ललितपुरमा २९३  र भक्तपुरमा ९५ जनालाई  कोरोना संक्रमण देखिएको छ।

हाल देशभर संक्रमणमुक्त हुनेको संख्या हालसम्म ६८ हजार ६६८ पुगेको छ। आज देशभर २५ हजार ७ जना सक्रिय संक्रमित छन् ।

यसअघि सक्रिय संक्रमित २५ हजार पुगे लकडाउन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिश गरेको थियो । तर त्यसपछी यस बिषयमा हाल कुनैपनि निर्णय भएको छैन् ।

बरु कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालमा बेडको अभाव देखिन थालेकोले  अत्याआबश्यक नभए अस्पताल नजान नियमित प्रेश बिफिङमा प्रवक्ता डा. गौतमले जानकारी गराएको छन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal