News Portal

  • काठमाडौंमा उपत्यकामा थप १०१७ जनामा संक्रमण पुष्टि, देशभर कति ?

    डबली संवाददाता
    १६३ पटक

    काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित प्रेश बोडिङ मा बोल्दै उपत्यकाका तिन जिल्लाहरू काठमाडौंमा ७८३ जना, भक्तपुरमा ११६ जना र ललितपुरमा ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आजको थप सहित हाल सम्म ९० हजार ८१४ जना संक्रमित भएको जानकारी दिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित मध्ये २ हजार ३४० जना डिस्चार्ज भएका छन्। हाल देशभर २२ हजार ७ सय ९ जना सक्रिय संक्रमित रहेको छन् ।

    त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ९ जना कोरोना संक्रमितको निधन भएको छ। आजको सहित हाल सम्म कोरोना संक्रमण बाट ज्यान गुमाउनेको संख्या ५६३ पुगेको छ।

    प्रतिकृया दिनुहोस्