आज :

कोरोना संक्रमितको वास्तविक सङ्ख्य कति ? डब्ल्यूएचओले खुलायो यस्तो रहस्य

काठमाडौं । कोरोना माहामारीले विश्व आक्रान्त भईरहेको छ । विश्वभर तिन करोड पचांस लाख संक्रमित पुष्टि भएपनि वास्तविक त्यो भन्दा बढी संक्रमित भएको हुन सक्ने अनुमान गरिन्छ ।

यसैबिचमा बिश्व स्वास्थ्यसंगठन ९डब्ल्यूएचओ० ले हाल कोरोना संक्रमणको वास्तविक संख्या ८० करोडको हाराहारीमा हुन सक्ने अनुमान गरेको छ।

विशेषज्ञहरुका अनुसार  अहिलेसम्म पुष्टि भएका संक्रमितको तुलनामा वास्तविक संक्रमितको संख्या निकै बढि हुन सक्ने बिष्लेण गरिरहेको छ।

विश्वभर  कोरोना संक्रमित को तथ्याङक संकलन गरिरहेको अमेरिका स्थित  जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हाल सम्म कोरोनाको कारण १० लाखभन्दा धेरैको ज्यान गईसकेको पुष्टि भएपनि डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेड्रोस अधानम गेब्रेयेससले विश्वभर फरक फरक मुलुकमा कोरोनाले फरक फरक तरिकाले असर पारेको र यसबाट आउने परिमाण पनि फरक हुन सक्ने बताउदै पार पाउन सबै एकजुट हुनु जरुरी रहेको बताएका छन् ।

डब्ल्यूएचओका हेल्थ इमर्जेन्सिजका प्रमुख माइक रयानले  विश्वभरको जनसंख्याको ठूलो हिस्सा जोखिममा रहेको बताएका हुन् ।

त्यस्तै डब्ल्यूएचओले विश्वभर प्रत्येक १० मध्ये एक जनालाई कोरोना भाइरस  को संक्रमण भएको हुन सक्ने बताएको छ।

हाल फेरी केही मुलुकहरुमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएको बेला विश्वभर फैलिएको कोरोना महामारीबाट पार पाउने तरिकाको विषयमा चर्चा गर्न बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो । डब्ल्यूएचओको यो बैठक स्विट्जरल्याण्डको जेनेभास्थित मुख्यालयमा भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal