News Portal

एकैदिन थप १९ जनाको ज्यान गयो, संकमित संख्या ९० हजार नजिक

डबली संवाददाता२०७७ असोज १९ गते
१३४ पटक

काठमाडौँ । पछिल्लो २४ घण्टामा १९ जनाको ज्यान गयो, १९ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेश बिफिङमा बोल्दै मन्त्रालयको प्रबक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टाको १९ जना सहित हाल सम्म ५५४ जनाको ज्यान गएको बताएको छ ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २४ सय बढिमा कोरोना भाइरस संक्रमण देखिएको छ।
आज एकैदिन २४४० जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको छन् । आजको सहित नेपालमा हाल सम्म ८९ हजार २६३ जनाका संक्रमण भईसेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ सय ३३ जना संक्रमण मुक्त भएको छ । आजको सहित हाल सम्म ६५ हजार २०२ जना कोरोना जितेर घर फर्केको छन् । आज २३ हजार ५०७ जना आईसोलेसन्मा उपचाररत रहेको छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल ४०३३ जना करेन्टाईनमा रहेको छन् । देशभर १० लाख ८८ हजार २२९ जना को पिशियार परिक्षण भएको छ ।

प्रतिकृया दिनुहोस्