काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध ६८ निवर्तमान सांसदले दायर गरेको रिटमा आज पेसी तोकिएको छ । पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीले वारेसमार्फत् मंगलबार दायर गरेको रिट संवैधानिक इजलासमा रिटको सुनुवाइ हुने लागेको हो ।
रिटमा प्रतिनिधिसभा विघटन असंवैधानिक भएको जिकिर गर्दै पुनर्स्थापनाको माग गरिएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकार अपदस्त गरी सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति गरिएको थियो । कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेका थिए
यसैगरी मंसिर २३ गते कांग्रेसका ८ जना सांसदहरुले पनि रिट दायर गरेका थिए । कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेलगायतले दायर गरेको रिटमा यही पुस २ गते सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको थियो ।
मंगलबार पुस ८ गते फेरि कांग्रेसका ६५ जनाले र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसद गरी जम्मा ६८ जनाले हस्ताक्षर गरेर रिट दायर गरिएको थियो ।
योसँगै प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्ने निवर्तमान सांसदहरुको संख्या १४३ पुगेको छ । बहुमतका लागि १३८ सांसद भए पुग्छ ।


अनलाइन डबली



