आज :

नेपालको नयाँ नक्सा भएको पुस्तक बितरणमा सरकारले किन लगायो रोक ?

काठमाडौँ । सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानी सहितको नक्सा भएको पाठ्यपुस्तक बितरणमा रोक लगाएको छ । नक्सामा ती क्षेत्रहरुबारे गलत तथ्य समेटिएको भन्दै रोक लगाएको सरकारले बताएको हो ।

प्रधानन्त्रि ओलीले पनि पुस्तकहरुको पहिचान गरेर र नसच्चाएर सम्म पाठयपुस्तक वितरण नगर्न निर्देशन दिएका छन् ।
त्यस्तै गरी सहि तथ्यहरु राखेर मात्रै अब पाठ्य पुस्तक बितरण हुने भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले जानकारी गराएको छन् ।

मन्त्रि अर्यालले भनिन् “पाठयपुस्तकमा भएका गलत तथ्यांक र तथ्यहरु सच्चाएर मात्रै पुस्तक वितरण गरिने छ ।” “मन्त्रीपरिषदको निर्णय अनुसार भन्दै प्रकाशित नक्सा र संविधान संशोधनको विषयमा त्यस्तो कुनै गलत नभए पनि पाठयपुस्तक भित्रका केही तथ्यहरु गलत भएको पाईयो ।”

मन्त्रि अर्यालले भनिन् “पराराष्ट्र मन्त्री, शिक्षामन्त्री र भुमी सुधार मन्त्रीले पाठयपुस्तकमा के के त्रुटी भएको हो ? के के सच्चाउनु पर्ने हो ? सो बारेमा सामुहिक छलफल गरी सम्मानीय प्रधानमन्त्रीलाई जानकारी दिनेछौं । ”

अहिले पाठयपुस्तकमा भएका त्रुटि पहिचान गर्न तथा सच्चाएर प्रकाशन गर्नका लागि परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, शिक्षामन्त्री गिरिराजमणी पोखरेल र भूमी व्यवस्था मन्त्री अर्याललाई सो बारेमा निक्र्यौल गर्ने जिम्मेवारी तोकिएको छ ।

त्यस्तै यता शिक्षा गिरिराजमणी पोखरेलले त्रुटि पत्ता लगाउन र सच्चाउनका लागि मन्त्रीत्रयको संयुक्त बैठक बसेर निष्कर्ष निकाल्ने उल्लेख गदै “ ३ मन्त्रीले निक्र्यौल गरेपछि मात्रै पाठयपुस्तक वितरण हुनेछ, अहिलेलाई भने स्थगित गरेका छौं।” भन्ने जानकारी गराएको छन् ।

 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal