
काठमान्डौं । काठमान्डौंमा अखिल क्रान्तिकारीका बिद्यार्थिले रक्तदान गरेको छन् । अखिल क्रान्तिकारी उपत्यका बिशेष क्षेत्रिय समन्यन समितीको आयोजनामा आईतबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो । काठमान्डौको बानेश्वरमा भएको उक्त रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाईटी केन्द्रिय रक्तसन्चार सेवाको सहयोग रहेको थियो ।
रक्तदान कार्यक्रममा उपस्थित भएको डाक्टरहरुले बिश्वब्यापि रुपमा फैलिएको कोरोना सकंटको बेला अखिल क्रान्तिकारीका बिद्यार्थिहरुले रगत दान गरेर ठुलो सहयोग गरेको बताएको छन् । त्यस्तै डक्टरहरुले यसरी सवैजनाले आफ्नो क्षेत्रबाट सहयोग गरे कोही पनि रगत नपाएर मर्नु ज्यान गुमाउनु पर्ने अवस्था नरहने बताएको छन् ।
रक्तदान कार्यक्रममा अखिल (क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष चिरन्जीवी ढकाल, महासचिब प्रकाश शाहि, कोषाअध्यक्ष नरेन्द्र बि.क., उपत्यका बिशेष क्षेत्रिय समन्यन समितीका संयोजक हर्क बि.क., अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्यहरु, काठमान्डौ उपत्यकाका जिल्लाहरु काठमान्डौं, ललितपुर र भक्तपुरका जिल्लाका करिब दुई दर्जन नेता तथा कार्यकता ले रगत दान गरेका थिए ।
हाल बिश्वब्यापि संकटको बेला रगत अभाव देखिएपछि अखिल क्रान्तिकारीले देशका बिभिन्न ठाउमा रक्तदान कार्यक्रम सन्चालन गरिरहेको छ ।