आज :

सत्ता र पद जोगाउन, एमसीसी पारित गर्ने षड्न्त्र बिफल पार्नु पर्छ

काठमान्डौं । सत्तारुढ नेकपाको एक अध्यक्ष तथा प्रधानमन्त्रि केपी शर्माओलीले आफ्नो सत्ता र पद जोगाउन पाटिमा धेरै कसरत गरेपछि सफल भएको छन् । लामो समय देखि कोरोना कहरकै बिचमा पनि सत्तारुट नेकपामा आन्तरिक बिबादले चर्को रुप लिएपछि रुष्ट बनेको नेता कार्यक्रताहरुले ओलीले प्रधानमन्त्रि तथा पाटि अध्यक्ष दुबैबाट राजिनामा गर्नु पर्ने माग राखेका थिए ।

पार्टीभित्र आफूमाथि यस्तो अबिश्वास हुदा समेतओलीले षड्न्त्रपुर्वक ओली लागी परे । उनले सचिवालयका छ जना मान्यगन्य नेतालाई आफ्नो कब्जामा लिन उनिहरुलाई महत्वपूर्ण मन्त्रि पदको प्रस्ताव गरे ।

ओलीले प्रचण्डलाई पनि भित्रि रुपमा केही ठुलै चारो दिए होलन । बामेदवलाई राष्ट्रियसभामा लगेर मन्त्री बनाउने प्रस्ताव गरे । अब बाकि रहेको माधवकुमार नेपालले एक्लैले केही गर्ने आट पुग्दैन् ।

त्यसपछि प्रधानमन्त्री ओलीले बिरोधिलाई हातमा लिएर पार्टी र सरकार दुवैमा झन् बलियो बनाए । आफु बलियो भईसके पछि नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी बैठकमा बोल्दै ओलीले आफ्नै नेता कार्यक्रताहरुलाई अप्रत्यक्ष रुपमा उनिहरुले पाटि सुधारको लागी गरेको बिरोधलाई देशी विदेशी षड्यन्त्रबाट पार्टी फुटबाट जोगिएको भन्दै केही बेर बोलेर बाहिरिएका थिए तर कसैको यस्को बिरुद्ध बोल्ने हुदैन् ।

प्रधानमन्त्रि ओलीले केही मन्त्रीहरु हटाएर वा नया मन्त्रिहरु राखेर भएपनि आफू सरकार सञ्चालन गर्ने निर्णय पनि गरे । त्यस्तै उनले पाटिको प्रशताव ल्यारै भएपनि ओली पूर्ण कार्यकाल प्रधानमन्त्री बन्ने देखि थाती रहेका विवादास्पत एमसीसी पारित गर्ने बिषयमा प्रचण्ड सग सहमति गरे । विशेषगरी अहिले ओली अमेरिकी सहयोगसम्बन्धी एमसीसी पारित गर्ने विषय बढि केन्द्रित भएको छन् । अब केही विषय संशोधन गरेर भएपनि एमसीसी पारित गर्ने ओलीको चाहना छ ।

के हो एमसीसी ?
एमसीसी वेबसाईटका अनुसार “ एमसीसी एक नौलो र स्वतन्त्र अमेरिकी बैदेशिक सहायता निकाय हो । जस्ले बिश्वब्यापी गरिबि बिरुद्धको लाडई लड्न सघाईरहेको छ । यो २००४ देखि अमेरिकी संसदले स्थापना गरेको हो । यस्ले खासगरी कन बिकासशील देशहरुलाई पुर्वधार निमार्ण गर्न सहयोग गर्ने गर्छ ।

एमसीसी किन खारेज गरिदै छ ?
एमसीसी साम्राज्यवादी देशहरूले नेपाल जस्तो कम बिकसित देशहरुलाई आफ्नो कब्जामा राख्न तथा प्रभाव जमाई राख्नको निम्ति अनुदान, सहयोग, ऋण दिई फकाउने योजना हो । सहयोगको नाममा देशमा प्रवेश गर्ने, साँस्कृतिक धरोहर नष्ट गरिदिने, उत्पादन र आर्थिक रुपले परनिर्भर बनाउने हुन्छ । त्यति मात्र हाईन सहयोग रकमको खर्च अमेरिकी सेनाहरु आफैले गर्ने बिज्ञहरुको बिष्लेष्ण छ । त्यस्तै यो परियोजना मार्फत आर्थिक र सैन्य दुबै रुपले अत्यधिक अगाडी बढीरहेको चीनलाई भारत र अमेरिका मिली रोक्ने वा युद्ध गर्ने शैन्य रणनिति हो । जस्लाई ईण्डो प्यासिफिक सैन्य रणनीति भन्ने गरेको छन् ।

यसबाट नेपाललाई के असर हुन्छ ?
बिश्वमा धेरै देशमा शासन चलाएको अमेरिकाले नेपाललाइ पनि आफ्नो कठपुतली बनाएर बनाउछ र नेपालको हालत इराक, अफगानिस्तान, सिरिया बाउछ ।
चीन सग युद्ध गर्न नेपाललाई बिचमा पार्छ र सन्या भुमी नेपालाई बनाउछ र अमेरिकी सेना नेपालमा राख्छ । यसरी भारत, चिन र अमेरिका को युद्धले लाखौं नेपालीको अवस्था युद्धमा होमिन सक्छ ।

एमसीसी पास गर्न किन लागिरहेकाे छन् सत्तारुढ नेकपा र काङ्ग्रेस ?
उनीहरुले पहिले अध्यान नै नगरी अमेरिकालाई एमसीसी पास गर्ने बचन दिएको छन् । अहिले त्यो मिसनबाट फर्किदा उनिहरुलाई सत्ता टिकाउन गाह्रो हुन्छ । गत वर्ष असोज १२ गते एमसीसीको कार्यक्रम कार्यान्वयन सहमतिमा सत्तारुढ नेकपाको सरकारले काठमान्डौमा हस्ताक्षर भएको थियो । त्यस्तै सन् २०१७ मा तत्कालीन नेपाली काङ्ग्रेसको सरकार हुँदा एमसीसीमा सम्झौता भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal