News Portal

  • भ्रामक समाचार सम्प्रेशण गरेको भन्दै मन्त्री भट्टको सचिवालयद्वारा खण्डन

    डबली संवाददाता२०७७ भदौ २५ गते
    ७१६ पटक

    काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको नीजि सचिवालयले केही संचारमाध्यमहरुले भ्रमपूर्ण समाचार सम्प्रेशण गरेको भन्दै खण्डन गरेको छ ।

    विहीबार मन्त्रीका निजी सचिव वीरेन्द्र बस्नेतले एक प्रेस विज्ञप्ति जारी गरेर सचिवालयमा कार्यरत पदाधिकारीका साथै सचिवालयमा कार्यरत नरहेका व्यक्तिको नाम समेत जोडेर भ्रामक, कपोकल्पित, अनर्गल र तथ्यहिन समाचार सम्प्रेशण गरेको भन्दै गम्भीर ध्यानाकर्ष भएको बताएका छन् ।

    विज्ञप्तिमा मन्त्रालय प्रचलित कानुन, स्थापित विधि र प्रक्रियाका साथै आफ्नो कार्यक्षेत्रका आधारमा कार्य सम्पादन गर्ने गरेको भन्दै त्यस्ता समाचारहरुमा कुनै सत्यता नभएको उल्लेख गरिएको छ । त्यस्तै, समाचारमा कुनै सत्यता नभएको भन्दै सचिवालयले विश्वास नगर्न सबैसँग आग्रह समेत गरेको छ ।

    “मन्त्रालय प्रचलित कानुन, स्थापित विधि र प्रक्रियाका साथै आफ्नो कार्यक्षेत्रका आधारमा कार्य सम्पदान गर्ने भएकोले त्यस्ता समाचारहरुको कुनै सतयता नभएको हुँदा यस्ता अनर्गन समाचारप्रति विश्वास नगर्न हुन सबै सरोकारवालाहरुलाई अनुरोध छ । साथै विना प्रमाण कुनैपनि मध्यमबाट झुट्टा विषयहरुमा सम्प्रेशण गर्न समेत सम्बन्धित सबैलाई जानकारी गराइन्छ” निजि सचिव बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    केही दिन पहिले केही संचारमाध्यमहरुले मन्त्रालय र सचिवालयलाई जोडेर समाचार सम्प्रेशण गरेका थिए ।

     

    प्रतिकृया दिनुहोस्