आज :

भोलिबाट काठमाडौँमा यातायात र पसल खुल्ने

काठमाडौं । भोलिबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय भएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जोरबिजोर प्रणालीमा यातायात र पसल खुलाउने निर्णय गरेको छ । तर, स्वास्थ्य मापदण्ड भने पालना गर्नुपर्ने निर्णय पनि गरिएको बताइएको छ ।

गृह मन्त्रालयसँगको छलफलपछि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरेका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार सामाजिक दूरी कायम गरी सर्वसाधारणले सचेत हुनुपर्ने प्रमुख जिल्ला अधिकारीले छलफलले निष्कर्ष निकालेको छ ।

अवस्था हेरर निश्चित क्षेत्र मात्रै खुलाउने र सार्वजनिकको हकमा १६ भन्दाबढी सिट भएका सवारी साधन मात्रै संचालन गर्न पाउने भएका छन् । भदौ ३ गतेदेखि जारी निषेधाज्ञा जारी राति १२ बजे सकिँदैछ ।

यसैबीच काठमाडौं उपत्यकामा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंमा ३९४, भक्तपुरका ३६ र ललितपुरका ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार भन्दा आज संक्रमितको संख्या बढेको छ ।

त्यसैगरी बुधबार देशभर १ हजार ८१ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । मंगलबार ९०२ जना थपिएका थिए । सोमबार ९७९ जना थपिएका थिए । आइतबार ९८० जना थपिएका थिए । हालसम्म नेपालमा ४९ हजार ९१९ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी आज ज्यान गुमाउनेको सँख्या ६ जना छन् । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउने संख्या ३१२ पुगेको छ । मंगलबार पनि ६ जनाको ज्यान गएको थियो ।सोमबार ११ जनाको ज्यान गएको थियो ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ३३ हजार ८८२ पुगेको छ । आज निको हुनेको संख्या ९१८ जना छ । मंगलबार २,२८७ जना निको भएका थिए । सोमबार १,७३६ जना निको भएका थिए । आइतबार १,८१४ जना निको भएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा गरिएको ११ हजार १०७ पीसीआर परीक्षण गरिएको छ ।
हालसम्म कूल पीसीआर परीक्षण संख्या ७ लाख ९९ हजरा ३४१ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमित संख्या १५ हजार २५ छ । जसमध्ये ७ हजार ९८८ जना संस्थागत आइसोलेसनमा छन् भने ७ हजार ३७ जना होम आइसोलेसनमा छन्। क्वारेन्टिनमा रहेकाको संख्या ५ हजार ४८० पुगेको छ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal