आज :

दाङ प्रहरीलाई माहुरी होमद्वारा स्वास्थ्य तथा सरसफाई सामाग्री सहयोग

हापुरे । कपिलबस्तुमा रहेको माहुरी होमले दाङका विभिन्न प्रहरी कार्यालयलाई स्वास्थ्य तथा सरसफाई सम्बन्धी सामग्री सहयोग गरेको छ । डिएफआइडीको आर्थिक सहयोगमा भिएसओ र ईन्टरनेशनल अलर्टको साझेदारीमा माहुरी होम कपिलबस्तुले कोरोना भाइरसबाट बच्नका लागि स्वास्थ्य तथा सरसफाईका सामग्री सहयोग गरिएको हो ।

माहुरी होमले सक्रियतामा जिल्ला प्रहरी कार्यालय दाङ, प्रहरी चौकी हेमन्तापुर, ईलाका प्रहरी कार्यालय खिलतपुर र प्रहरी चौकी चिराघाटलाई स्वास्थ्य तथा सरसफाईका सामग्री सहयोग गरिएको हो । माहुरी होमले स्यानीटाइजर, मास्क, पिपिई, हेण्डवास, स्प्रे, थर्मल गण, ग्लोब्स, सहयोग गरिएको सस्थाका सामाजिक परिचालक कल्पना खड्काले जानकारी दिए ।

कोरोना भाइरस माहामारी रोक्न प्रहरी दिनरात खट्नुपर्ने भन्दै सस्थाले स्वास्थ्य तथा सरसफाईका सामग्री सहयोग गरेको खड्काले जानकारी दिनुभएको छ । पछिल्लो समयमा प्रहरीमा कोरोना भाइरसको रिपोर्ट पोजेटिभ आउने क्रम बढेपछि सचेत हुदै काम गर्न सहज गराउन स्वास्थ्य तथा सरसफाईका सामग्री सहयोग गरिएको सामाजिक परिचालक देबी पोखरेलले जानकारी दिए ।

यस्तै केही दिनमा देउखुरी क्षेत्रमा रहेका ईलाका प्रहरी कार्यालय भालुबाङ र प्रहरी चौकी सिसहनियालाई पनि उपलब्ध गराउने कार्यक्रम रहेको माहुरी होमका बोर्ड सदस्य प्रेम जैसवालले जानकारी दिनुभएको छ । माहुरी होमले सहज परियोजना सञ्चालन भएका कपिलबस्तु, दाङ, बाँके, बर्दिया, प्यूठान, रोल्पा, रुपन्देहीमा रहेका प्रहरी कार्यालयलाई सहयोग उपलब्ध गराउने कार्यक्रम रहेको जैसवाललले जानकारी दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal