आज :

‘अन्यायपूर्ण साम्राज्यवाद विरुद्ध उत्तर–कोरिया डटिरहन्छ’

काठमाडौं । पछिल्ला वर्षहरुमा विश्वका लागि एक उदाहरण बन्दै गएको उत्तर–कोरियाको ७२औं स्थापना दिवस नेपालमा पनि मनाइएको छ । नेपालको काठमाडौं स्थित उत्तर–कोरियाको राजदूतावासले उत्तरकोरियासँग सम्बन्धित विभिन्न संघसंस्थाहरु तथा पत्रकारहरुकाबीच सो दिवस मनाएको हो ।
ललितपुरको बखुण्डोल स्थित राजदूतावासमा सोमबार बिहान आयोजित कार्यक्रममा नेपालका लागि उत्तरकोरियाका राजदूत जो योङ्ग मानले विश्व शान्तिका लागि आफ्नो देशले खेलेको भूमिका बारे जानकारी दिए ।

विगतदेखि वर्तमानसम्म पनि उत्तर कोरियाबारे पश्चिमा मेडियाले फैलाईरहेको गलत प्रचारलाई नेपाली मेडियाले चिर्दै गएकोप्रति धन्यवाद दिँदै भने,“म ७२ स्थापना दिवसको अवसरमा के भन्न चाहान्छु भने आम नेपाली क्रान्तिकारी समुदाय समक्ष तपाईहरु परिवर्तनकारी नेपाली मेडियाले हाम्रो देश उत्तर कोरियाको विषयमा सत्य र तथ्य समाचार प्रवाह गर्नु भएको छ, त्यसको हामी मुक्त कण्ठले सर्हाना गर्छौं ।” त्यसैगरी उनले अन्यायपूर्ण साम्राज्यवादी हेपाहा चरित्र विरुद्ध उत्तर–कोरिया डटिरहने र नेपाल लगायत विस्वका पीडित देशहरुले पनि मनोबल उच्च राख्नुपर्ने धारणा राखे ।

राजदूत मानले विश्वको वर्तमान परिवेशमा बन्दुकले भन्दा कलमले विश्वमा शान्ति र अमन राख्न सक्ने बताउँदै त्यसमा पत्रकारहरुले सत्य, तथ्य र मानवहितकानिम्ती नै कलम चलाउनु पर्ने बताए । उत्तरकोरियाले सँधैभर हत्या हिंसा र शक्तिको तुजुव देखाउनेहरु विरुद्ध कटिवद्ध रहेर विश्व शान्तिलाई स्थिर राख्न अहम् भूमिका खेलेको बताए । सो अवस्था कायम राख्न कोरियाली शैलिको समाजवाद र जुच्छे विचारधारा नेपाल र नेपाली जनताको निम्ती पनि उदाहरणिय बन्न सक्ने बताउँदै नेपाल–उत्तरकोरियाको मैत्रृपूर्ण सम्बन्ध अझै प्रगाढ बन्दै गएको बताए ।

सो कार्यक्रममा बोल्दै काउन्सुलर किम जोङ्ग ह्योकले नेपाली जनता पनि शान्ति प्रिय तथा कुनै पनि विदेशीको हस्तक्षेप विरुद्ध लड्न तम्तयार रहने नस्लका भएकोले नेपालप्रति अगाद श्रद्धा भएको बताए । कोरियाको शान्तिपूर्ण एकीकरणका लागि गठित सोङ्गुन समर्थनको लागि गठित अन्तराष्ट्रिय समिति नेपालका अध्यक्ष बसन्त कुमार श्रेष्ठ, त्यसैगरी नेपाल–कोरिया फ्रेण्डसीप एसोसियसनका महासचिव फणिन्द्र राज पन्त, नेपाल लिटेररी फोरम फर सोङ्गुन पोलिसी स्टडीका अध्यक्ष तथा उपन्यासकार शंकर भारति लगायतको उपस्थिती थियो । सहभागीहरुले कोरोनाको विश्वव्यापी महामारीबीचमा पनि विश्वका लागि अनुकरणिय र उदाहरणिय देश उत्तरकोरिया अझै सफल बनोस् भन्ने स्थापना दिवसको शुभकामना दिएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal