आज :

हुम्लाको रोडीकोटका आगलागी पीडितलाई मन्त्री रावलद्वारा राहत हस्तान्त्रण

सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल हुम्लाका अग्नीपीडितलाई राहत हस्तान्त्रण गरेका छन् । मन्त्री रावलले प्रदेश सरकारको तर्फबाट राहत सामाग्री हुम्लाको रोडीकोटका अग्नीपीडितलाई हस्तान्त्रण गरेका हुन् ।

शनिबार हेलिकोप्टरबाट राहत सामाग्री बोकेर रोडीकोटको ठूलागाउँ पुगेका मन्त्रीले आगलागीबाट भएको क्षतिबारे जानकारी लिएका थिए । अग्नीपीडितलाई सम्बोधन गर्दै मन्त्री रावलले सरकार साथमा रहेकोले चिन्ता नमान्न आग्रह गरे । उनले जनताका दुःखमा प्रदेश सरकारको साथ रहेको बताउँदै अभिभावक बन्ने प्रयास गरिरहेको बताए ।

आगोबाट खरानी भएका घरहरुमाथि उभिएर मन्त्री रावलले पीडितका सबै घर बनाई दिने प्रतिवद्धता समेत जाहेर गरे । जनताले आफूहरुलाई जनप्रतिनिधिको रुपमा निर्वाचित गराएको बताउँदै दुःख र समस्यामा साथ दिने प्रतिवद्धता जाहेर गरे । उनले आगलागीबाट भएको क्षतिबारे आफूले मन्त्रिपरिषद् बैठकमा राख्ने र आवश्यक राहत र पुर्नस्थाना गर्ने बताए । “हामी तपाईँहरुको साथमा छौं, चिन्ता नलिनुहोला । आवश्यक राहत तथा पुर्नस्थाना गर्नेछौं” रावलले । मन्त्री रावलले भिषण आगलागी हुँदा पनि मानवीय क्षति नहुनु सुखद पक्ष भएको बताए ।

स्थानीय सरकार, प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका रावलले आगलागी पीडितहरुको स्थायी व्यवस्थापनका लागि संघीय सरकार समेत सकरात्मक भएको जानकारी मन्त्री रावलले गराएका थिए ।

पहिलो चरणको लागि मन्त्री रावलले २० थान त्रिपाल, १०० थान कम्मल, ८० थान म्यट्रेस, २५ थान हाइजिन किड्स, २५ थान प्लाष्टिकको कबाल्टीन, ७ थान भाँडा सेट, १०० किलो दाल, ५० किलो नुन, ४६ जोर कपडा,४० पोका खाने तेल, र ४४ बोरा चामल वितरण गरेका थिए ।
बुधबार राती लागेको आगोबाट ६ घर पूर्णरुपमा र ९ घर आंशिक रुपमा क्षति भएका थिए । स्थानीय जोखे जैशीको घरबाट शुरु भएको आगोले बामनबाडाका १५ घरमा क्षती भएको छ ।

राहत वितरणपछि अनलाइन डबलीसँग कुरा गर्दै मन्त्री रावलले रोडीकोटका आगलागी.पीडितका अवस्था निकै दुःखद् भएको बताए । अनलाइन डबलीसँग छोटो प्रतिक्रिया दिँदै मन्त्री रावलले सबैका घर सरकारलाई बनाई दिने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal