आज :

मन्त्रिपरिषद् बैठकः अर्थमन्त्री खतिवडाको विदाई, गौतमको सिफारिस भएन

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडालाई मन्त्रिपरिषद् बैठकले विदाई गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई धन्यवाद समेत दिए ।

प्रधानमन्त्री ओलीले अरु मन्त्रीहरुलाई ढुक्कसँग काम गर्न भनेका थिए । मन्त्रिमण्डल पुर्नगठन हुने बजार हल्लासँगै प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई ढुक्क भएर काम गर्न भनेका थिए ।

मन्त्रिपरिषद् बैठकले वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने सिफारिस भने गरेन । उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले गौतमलाई सिफारिस नगरिकएको बताए । उनले गौतमलाई सिफारिस गर्न कुनै हतारो नभएको समेत बताए ।

यसैबीच अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने घोषणा गरेका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले शुक्रबार साँझ नै राजीनामा दिने घोषणा गरेका हुन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा बिहीबार प्रधानमन्त्री ओलीले राष्ट्रियसभा सदस्यमा रिक्त एक सिटमा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने निर्णयमा पुगेको सुनाएका थिए ।

राष्ट्रियसभाको एक सिटमा गौतमलाई सिफारिस गरेपछि खतिवडाको संसद सदस्य हुने बाटो तत्कालका लागि बन्द भएको छ । त्यससँगै उनले मन्त्री पदबाट राजीनामा दिनुपर्ने अवस्था आएको हो । उनले साँझसम्म राजीनामा दिने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal