आज :

मतदाता भन्छन्- वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउनु हाम्रो घोर अपमान

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ । विहीबार बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिन चाहेपनि सचिवालयका बहुमत सदस्यले नमानेपछि गौतमको पक्षमा निर्णय भएको हो । अर्का अध्यक्ष प्रचण्डसहितका नेताहरु खतिवडालाई निरन्तरता नदिने बताउँदै आएका थिए ।
आज मन्त्रिपरिषद् बैठक बसेर गौतमलाई राष्ट्रियसभाको रिक्त एक सदस्यमा सिफरिस गर्ने भएको छ । बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभाका एक रिक्त सदस्यका लागि पार्टीको निर्णयानुसार नै सरकारको तर्फबाट उपाध्यक्ष गौतमलाई सिफारिस गर्ने निर्णय भएको जानकारी दिए ।

२०७४ मंसिरको चुनावमा बर्दिया–१ बाट पराजित गौतम यसअघि केही समय संविधान संशोधन गरी प्रधानमन्त्री बन्न पाउने भएमात्रै राष्ट्रियसभामा जाने अडान राख्दै आएका थिए । तर त्यो सम्भव नभएपछि पछिल्लो पटक राष्ट्रियसभामा जान तयार भएका थिए ।

उक्त पद गत फागुन २० गते नै सकिएको भएपनि सरकारले आन्तरिक विवादका खाली थियो । त्यसअघि १४ गते गौतमलाई नै पठाउने पार्टीले निर्णय गरेपनि प्रधानमन्त्री ओली मृर्गौला फेर्न अस्पताल भर्ना भएका थिए । अवधि सकिएपनि संवैधानिक व्यवस्थाअनुसार युवारज खतिवडा ६ महिना मन्त्रि भइरहेका थिए । गोकुल बास्कोटाको कमिसन काण्डपछि संचार मन्त्रालय पनि खतिवडाले नै समालिरहेका थिए ।

(नेकपा) भित्रै अर्थमन्त्री युवारज खतिवडाको चर्को विरोध भइरहेको थियो । उनलाई विचौलियाका प्रतिनिधि भएको आरोप पनि लाग्ने गरेको थियो ।

संवैधानिक प्रावधानअनुसार राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिले तीनजना सदस्य नियुक्त गर्ने प्रावधान रहेको छ । यसअघि, रामनारायण बिडारी र विमला राई पौडेललाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्यमा नियुक्त गरेकी थिइन् ।
विहीबार (नेकपा)का सचिवालयले गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेसँगै सामाजिक संजालमा विरोध भइरहेको छ । बर्दियाका मतदाताहरुले समेत आफूहरुको मतको (नेकपा)ले अपमान गरेको बताएका छन् ।

विरेन्द्र थारुले लेखेका छन्, “म कम्युनिस्टका मतदाता भएपनि वामदेवको विपक्षमा मतदान ढणगरेको थिएँ । उहाँको विपक्षमा मतदान गर्नुका धेरै कारण छन् । आवश्यक परे कुनै दिन भनौंला । तर आज (नेकपा)ले गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको छ । यसले हाम्रो घोर अपमान भएको महशुस भएको छ ।”

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal