आज :

खुकुलो निषेधाज्ञाप्रति उपत्यका नगरपालिका फोरमको असन्तुष्टि, यस्तो निषेधाज्ञाको खासै अर्थ छैन

काठमान्डौं । काठमान्डौ उपत्यकामा कडा लकडाउन साटो खुकुलो लकडाउनप्रति उपत्यका नगरपालिका फोरमले असन्तुष्टि जनाएको छ । यस्ले निषेधाज्ञाको खासै अर्थ नराख्ने भन्दै सच्च्याउन आग्रह गरेको छ ।

उपत्यका नगरपालिका फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठको संयुक्त हस्ताक्षरमा विज्ञप्ति जारी गर्दै निषेधाज्ञाप्रति असन्तुष्टि भएको जानकारी गराएको हुन् ।

काठमाण्डौ उपत्यकामा कोरोना को संक्रमण तथा मृत्युदर समेत तीव्र रुपमा बढिरहेको सन्दर्भमा उपत्यकालाई भयावह स्थितिबाट जोगाउन कडा रुपमा निषेधाज्ञा आवश्यक रहेको उपत्यका नगरपालिका फोरम, काठमाडौको ठहर रहेको जानकारी दिएको छ ।

त्यस्तै मध्यपुर थिमिका मेयर श्रेष्ठले अहिले उपत्यका नगरपालिका फोरमका अध्यक्ष एवं काठमाण्डौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण देखिएपछि होम आइसोलेशनमा रहनुभएको र उहाँसँग भर्चुअलसम्बाद गरी विज्ञप्ति जारी गरेको बताएको छन् ।

जारी बिज्ञप्तिमा भनिएको छ ‘यही भदौ १८ गतेदेखि लागू हुनेगरी थपिएको निषेधाज्ञामा दिउँसो दुई बजेदेखि साँझ ९ बजेसम्म विकास निर्माणका पसल व्यवसाय सञ्चालन गर्न सकिने बुँदामा गम्भीर ध्यानाकर्षण भएको छ । यसले गर्दा निषेधाज्ञाको खासै अर्थ र उपादेयता नरहने तथ्यलाई ध्यानमा राखी अतिआवश्यक बस्तु र सेवालाई बिहान ११ बजेसम्म मात्र खोल्न सकिने सम्मलाई कायम राख्दै अन्य समयमा पसल व्यवसाय सञ्चालनमा रोक लगाउने गरी अविलम्ब निषेधाज्ञा आदेश सुधार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गरिन्छ ’ ।

त्यस्तै बिज्ञप्तिमा उपत्यकाभित्र विकास निर्माणसँग सम्बन्धित पसल व्यवसाय साथै सोको ढुवानीका लागि प्रयोग गर्ने गाडी दिउँसो २ बजेदेखि बेलुका ९ बजेसम्म सञ्चालन गर्न सकिने तर, नेपाल सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उल्लेख छ । नगरपालिका फोरमले सबैभन्दा बढी असन्तुष्टि यही बुँदामा रहेको छ ।

त्यस्तै बिज्ञप्तिमा उल्लेख छ ‘वर्तमान विषम परिस्थितिलाई ध्यानमा राखी उपत्यकाका पालिकाबाट प्रवाह गरिँदै आएका अत्यावश्यक बाहेकका सेवा प्रवाह भदौ २४ सम्म बन्द रहने पनि यसै विज्ञप्ति मार्फत जानकारी गराउँछौँ,’ ।

यस अघि हिजोबाट फेरी उपत्यकाका तिनै वटै जिल्ला प्रशासनले भदौ २४ गते राति १२ बजेसम्म लागू हुने गरी केही खुकुलो बनाएको सर्त सहित निषेधाज्ञा थप गरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal