आज :

अछामको विनायकमा विभेदः कोरोनाविरुद्ध अग्रमोर्चामा खटिरहेका स्वास्थ्यकर्मीको गरिएन बीमा

अछाम । कोरोनाभाइरस संक्रमणविरुद्ध विश्वभर पहिलो पंक्तिमा सेतो ड्रेसका सिपाही अर्थात स्वास्थ्यकर्मी खटिरहेका छन् । आफ्नो ज्यानको बाजी थापेर कोरोना संक्रमितलाई बचाउन उनिहरु रातदिन खटिरहेकाे छन् । मानव जातिले कोरोनासँग जित्ने वा हार्ने भन्न कुरा स्वास्थ्यकर्मीकै हातमा छ ।

कोरोना संक्रमितलाई बचाउन अहिलेसम्म डाक्टर, नर्ससहित हजारौं स्वास्थ्यकर्मीहरुले ज्यान गुमाइसकेका छन् । तर, पनि रातदिन उपचारमा खटिरहेका छन् । स्वास्थ्यकर्मीहरु आग्रमोर्चामा रहेर कोरोनासँग भिडिरहेकोले बीमालगायतका सुविधाको व्यवस्था सरकारले गरिरहेका छन् । नेपाल सरकारले पनि अग्रमोर्चामा खट्ने स्वास्थ्यकर्मीहरुको बीमालगायतका सेवा प्रदान गर्ने निर्णय गरेको छ । सोहीअनुसार स्वास्थ्यकर्मीको कोरोना बीमा गर्नुको साथै थप सुविधा उपलब्ध प्रदान गरिएको छ ।

तर, अछामको पञ्चदेवल विनायक नगरपालिकाले अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीहरुमाथि भने विभेद गरेको छ । नगरपालिकामा कार्यरत कर्मचारीको कोरोना बीमा गर्दा स्वास्थ्यकर्मीहरुलाई छुटाइएको छ । कोरोना संक्रमित वा सम्भावित संक्रमितको स्वाब संकलन र उपचारमा खटिने स्वास्थ्यकर्मीलाई छुटाएर नगरपालिकाले अन्य कर्मचारीको मात्रै कोरोना बीमा गराएको छ ।

बीमामा विभेद गरिएपछि अग्रमोर्चामा खटेर नगरपालिकालाई कोरोनामुक्त गराउन सफल स्वास्थ्यकर्मीहरु असन्तुष्ट बनेका छन् । नगरपालिका कार्यालयभित्र काम गर्ने ४० कर्मचारीको बीमा गर्दा आफूहरुलाई छुटाएर अन्याय गरेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

नगरपालिकाका स्वास्थ्य संयोजक लक्ष्मिकान्त बजगाईले कोरोनाविरुद्ध नगरपालिकाभित्र फिल्डमा ६० जना स्वास्थ्यकर्मीहरु खटिएको र उनीहरुको कोरोना बीमा नगरिएको स्वीकार गरे । उनले नगरपालिका कार्यालयभित्र काम गर्ने कर्मचारीको बीमा गरिएपनि स्वास्थ्यकर्मीलाई छुटाइएको बताए ।

“कोरोनाविरुद्ध फिल्डमा खटिने स्वास्थ्यकर्मीको बीमा गर्नुपर्ने भएपनि नगरपालिकाभित्र फिल्डमा खटिएका करिब ६० साथीहरु कसैको पनि गरिएको छैन । बीमा गर्ने भनिएको थियो तर गरिएको छैन” बजगाईले भने । स्वास्थ्यकर्मीहरुले बीमा गराउन आफूले पहल गरिरहेको संयोजक बजगाईले अनलाइन डबलीसँग बताए । तर, बजगाईले आफ्नो बीमा गराएको र अरुलाई बेवास्ता गरेको केही स्वास्थ्यकर्मीहरुले आरोप लगाएका छन् ।

त्यसैगरी नरपालिकाका वडा नम्बर ८ बारला स्वास्थ्य चौकीका प्रमुख जितेन्द्र केसीले पनि आफूहरुको कोरोना बीमा नगरिएको बताए । कोरोनाविरुद्ध खट्ने स्वास्थ्यकर्मीको चैत्रबाटै बीमा गर्ने निर्णय भएको सुनेको तर आफूहरुको अहिलेसम्म नगरिएको बताए । नगरपालिका कार्यालयभित्र काम गर्ने केही कर्मचारीको कोरोना बीमा गराइएको र बजेट नभएकोले फिल्डमा खट्ने स्वास्थ्यकर्मीको कोरोना बीमा नगरिएको भन्ने आफूले सुनेको बताए ।

“चैत्रबाटै कोरोना बीमा गर्ने भन्ने सुनिको थिएँ तर आजको मितिसम्म बीमा गरेको जानकारी पाएको छैन । नगरपालिका कार्यालयभित्र काम गर्ने केही कर्मचारी साथीहरुको बीमा गरिएको सुनेका छौं । अब हाम्रो पालो पनि आउछ की भन्ने लागेको छ” केसीले अनलाइन डबलीसँग भेन । बीमामा समेत विभेद गरेपछि स्वास्थ्यकर्मीहरुले स्थानीय सरकारले आफूहरुको पिरमर्का नबुझेको भन्दै  गुनासो गर्ने गरेको केसीले बताए ।

संयोजक बजगाईका अनुसार नगरपालिका अहिले कोरोनामुक्त रहेको छ । विभिन्न समयमा भारतबाट घर फर्केका र अन्य गरी ५० जनामा कोरोना पोजेटिभ देखिएको तर अहिले सबै निको भएर घर फर्किसकेको उनले बताए ।

यस नगरपालिका भित्रै काम गर्ने कर्मचारीको कोरोना बीमा गरेर स्वास्थ्यकर्मीमा छुटाएको विषयमा नगरपालिकाका नि. कार्यकारी प्रमुख पदमबहादुर माझीसँग जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन ।

  • फोटोः दिपेन्द्र धामीको फेसबुकबाट

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal