आज :

घोडाघोडीमा रिङरोड बन्ने, योजना आयोगको ९ करोड बजेट

सुखड । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर एकमा रिङरोड निर्माण हुने भएको छ । राष्ट्रिय योजना आयोगबाट रोडको लागि ९ करोड ९९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ बिनियोजन गरिएको हो ।

सुखडको भुखालीचौकबाट पिपलडाँडा, पुर्वी पेट्रोल पम्पहुँदै बेलार, लक्ष्मीपुर, घोडाघोडी, कौवा, ज्वालानगर हँुदै भुखालीचौकसम्म करिब १२ किलोमिटर रिङरोड निर्माण हुने वडा अध्यक्ष मनराज शाहीले जानकारी दिए ।

वडाध्यक्ष शाहीकाअनुसार तीनवर्षे कार्यक्रमअन्तर्गत उक्त स्थानीय सरकार र राष्ट्रिय योजना आयोगको साझेदारीमा उक्त रिङरोड निर्माण हुनेछ । आफ्नो वडामा रिङरोड बनाउने सपनाअनुरुप केन्द्र सरकारबाट बजेट पर्न सफल भएको अध्यक्ष शाहीले दाबी गरे ।

“यो वडामा रिङरोडबनाउने मेरो ठूलो सपना थियो । निरन्तरको प्रयासपश्चात आज बजेट आफ्नो ठाउँमा ल्याउन सफल भएका छौ” वडाअध्यक्ष शाहीले अनलाइन डबलीसँग भने । रिङरोडको योजना पार्नको लागि राजधानीमा निकै मेहिनत गर्नुपरेको युवा संघका नेता सुरेन्द्र बहादुर शाहीले बताए । “धेरैपटक मन्त्रालय धाईयो, नेता र मन्त्रीहरुसँगको पटकपटक भेट्नु प¥यो । बजेट पारेका छौं, अब उदाहरणीय काम गरेर देखाउँछौ” उनले भने ।

योजना निमार्ण हुँदा गुणस्तरलाई जोड दिने शाहीको भनाई थियो । “यो हामी सबैको विकास हो, सबैको सरोकारको विषय हो । रोड निमार्ण हुँदा स्थानीयको साथ र खबरदारी आवश्यक छ । हामी गुणस्तरमा पटक्कै सम्झौता गर्ने छैनौं । हामी सबै काम जनताको आँखा अगाडि गर्नेछौं । हामी विकास कस्तो हुन्छ, उदाहरण पेश गर्न चाहन्छौं” शाहीले भने ।

तीन वर्षे कार्यक्रम उक्त आयोजनाको लागि आगामी आर्थिक वर्ष २०७७÷०७८ मा २ करोड ७० लाखको काम हुनेछ । यस्तै रिङरोडमा वडा र नगरको ६० लाख लागतको कालोपत्रेको काम समेत सुचारु भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal