आज :

(नेकपा)को स्थायी समिति बैठक स्थगित, पार्टी फुटाउन २० प्रतिशतको प्रावधानसहित अध्यादेश ड्राफ्ट

काठमाडौं । सत्तरुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी समिति बैठक आज पनि स्थगित भएको छ । अर्को बैठक सोमवारको बोलाइएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गम्भीर छलफल गर्नुपर्ने भन्दै थप समय मागेपछि नेताहरु बैठक स्थगित भएको हो ।

पार्टी फुटको तयारी जुटेका ओलीले आफू निकटका नेताहरुसँग आज बैठक गर्ने र त्यसपछि मात्रै कसरी अगाडि बढ्ने भन्नेमा टुंगो लाग्ने बताइएको छ । स्थायी कमिटीका ४४ मध्ये ३१ सदस्यले प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने माग राखेपछि ओली संकटमा परेका हुन् ।

प्रधानमन्त्री ओलीले आकस्मिक रूपमा संसद अधिवेशन अन्त्य गरेपछि त्यसले नेताहरुवीच झनै ठूलो तरंग पैदा गरेको छ । ओलीले संसद अधिवेशन अन्त्य गरेर पार्टी फुटाउन सहज हुने गरी अध्यादेश तयारीमा जुटको बताइएको छ । बालुवाटार स्रोतका अनुसार पार्टी फुटाउन २० प्रतिशत भए पुग्ने गरी नयाँ अध्यादेशको तयार पारिएको छ । पार्टी र संसदीय दलमा ओलीको पक्षमा ४० प्रतिशत नपुगेका कारण अध्यादेश ल्याएर पार्टी फुटाउन २० प्रतिशत भए पुग्ने प्रावधान राखिएको छ ।

शुक्रबार पनि दिनभर नेताहरु आन्तरिक छलफलमा जुटेका थिए । दोस्रो तहका नेताहरुले मन्त्री क्वाटरमा बैठक गरेर पार्टी फुट्न नदिने निर्णय गरेका थिए । त्यसैगरी दुबै अध्यक्षले एकएक सहयोगी लिएर करिब ३ घण्टा लामो बैठक गरेका थिए । तर, कुनै निष्कर्षमा पुग्न सकेनन् ।

शुक्रबारको छलफलमा ओलीसँगै महासचिव बिष्णु पौडेल र प्रचण्डसँग स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी भएका थिए । पार्टी एकताको सुरुदेखिका छलफलमा सहभागी शर्माले पार्टी कुनैपनि हालतमा नफुट्ने बताएका छन् । तर बालुटार स्रोतले भने ओलीले पार्टी विभाजनको खाका तयार भइरहेको छ । ओली समूलले सम्भावित फुटलाई मध्यनजर गर्दै पार्टीका पादधिकारीको टुंगो समेत लगाउन छलफल जारी रहेका कारण स्थायी समिति बैठकमा सहभागी हुन नपाएको स्रोतको दाबी छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal